ताजा अपडेट »

जग्गा विवादमा आफ्नै काकीलाई लक्षित गोली प्रहार गर्ने पक्राउ

मंगलबार, २४ जेठ २०७९, १६ : २३
29 Shares

परासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीको व्यस्त बजारमा हिजो दिनदहाडै गोली प्रहार गर्ने हंसराज यादव पक्राउ परेका छन् । २४ घण्टा नबित्दै प्रहरीले हंसराजलाई सुनवलबाट पक्राउ गरेको हो ।

सुनवल ५ बनकट्टिमा आफन्तको घरमा लुकेर बसेको अवस्थामा हतियारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपि ऋिषिराम कडेंलले जानकारी दिए । यादवको साथबाट प्रहरीले अमेरिकामा बनेको ७.६५ एम एमको पेस्तोल, ७ राउण्ड गोली लाग्ने एक थान म्यागजिन र एउटा गोली सहित नियन्त्रणमा लिएको हो ।

प्रहरीले हिजो दिउसो साढे तिन बजे घटना घटे लगत्तै विभिन्न तरिकाबाट खोजि कार्य जारी राखेको थियो । प्रहरीको सक्रियताले २४ घण्टा नबित्दै गोली चलाउने व्यक्ति नियन्त्रणमा लिन सफल भएको एसपि कडेलले बताए । सरावल ४ का यादवले हिजो दिउसो साढे तिन बजे परासी अदालत नजिकै आफ्नै काकि रोसनी यादव माथि गोली प्रहार गरेका थिए ।

तर गोली भने कसैलाई लागेको थिएन् । जग्गा सम्बन्धी विवादमा यादवले काकि माथि गोली प्रहार गरेको आफन्तहरुले बताएका छन् । गोली प्रहार गर्ने हसंराजलाई प्रहरी कार्यालय ल्याई थप अनुसन्धान पछि थप विवरण खुल्ने प्रहरीले जनाएको छ ।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल