६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

मंसिर ७,

Advertisement

ग्लोबल आवाज

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा शनिबारबाट शेरबहादुर सेन्चुरी अन्तरकलेज जिल्ला स्तरीय टी–ट्वन्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । शनिबार भएको पहिलो खेलमा साई ग्लोबल कलेजले शान्ति नमूना माविलाई ४८ रनले पराजित गरेको छ । सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको साई ग्लोबलले निर्धारित २० ओभरको खेलमा ५ विकेटको क्षतिमा १३३ रनको योगफल बनायो ।

उसका लागि साहव आलमले नटआउट ३६ र इमरान खानले ३१ रन बनाए । बलिङमा शान्तिका रञ्जित खड्काले २ विकेट लिए । जवाफी ब्याटिङ गरेको शान्तिले ८ विकेट गुमाउँदै ८५ रन मात्रै बनायो । उसका लागि रञ्जित खड्काले १६ र जय गोदारले १३ रन बनाए । बलिङमा खेलका म्यान अफ द म्याच समेत रहेका साई ग्लोबलका इमरान खानले ३ विकेट लिए ।

दोस्रो खेलमा सेन्टोजोसेफ कलेजले तिनाउ टेक्निकल कलेजलाई ११७ रनको भारी रन अन्तरले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको सेन्टोजोसेफले ८ विकेट गुमाउँदै १४२ रनको योगफल बनाएको थियो । उसका लागि निश्चल चौधरीले ४८ र लालबहादुर अधिकारीले ४२ रनको योगदान गरे । बलिङमा तिनाउका सुरज पाण्डे, निशान्त पुरी र शम्भु पाण्डेले २÷२ विकेट लिए ।

जवाफमा तिनाउ ८.१ ओभरमा सबै विकेट गुमाई २५ रनमै समेटियो । उसका लागि आकाश खत्रीले ६ रन बनाए । उसलाई सस्तैमा समेट्न सेन्टोजोसेफका लालबहादुर अधिकारीले २ रन खर्चेर ह्याट्रिकसहित ५ विकेट लिए । उनी म्यान अफ द म्याच समेत भए । यस्तै, आशिष घिमिरेले ३ विकेट लिए । आइतबार दीप बोर्डिङ उच्च मावि र नवज्योति उच्च मावि तथा रुपन्देही लीलाराम न्यौपाने उच्च मावि र लुम्बिनी बाणिज्य क्याम्पसबीच प्रतिस्पर्धा हुने संघका सचिव संजय गुरुङले जानकारी दिए ।

जिल्लाका १६ वटा कलेज सहभागी प्रतियोगिता मंसिर १४ गतेसम्म चल्नेछ । प्रतियोगितामा विजेता टिमले ४० हजार र उपविजेताले २० हजार तथा उत्कृष्ट खेलाडीले ५ हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन् । संघका सदस्यसमेत रहेका युवा व्यवसायी विमल सेन्चुरीले आफ्ना स्वर्गीय हजुर बुवा शेरबहादुरको स्मृतिमा प्रतियोगिताको मुख्य प्रायोजन गरेका छन् ।

यसअघि खेलको उद्घाटन गर्दै सिद्धार्थनगर वडा नम्बर ३ का अध्यक्ष थानेश्वर पौडेलले मुलुकलाई चिनाउन खेलकुदको अहम् भूमिका रहेको बताए । उनले स्थानीय तथा जिल्ला स्तरमा हुने प्रतियोगिताहरुले नयाँ खेलाडी उत्पादनमा टेवा पुग्नुका साथै खेल क्षेत्रको विकास हुने जनाए । संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले क्रिकेट क्षेत्रको विकासका लागि आफूहरु निरन्तर लाग्ने बताए । उनले राष्ट्रियस्तरमै रुपन्देहीले सबैभन्दा बढी क्रिकेट खेलाउने गरेको जनाए ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार