ताजा अपडेट »

आइतबार ६ घण्टा पूर्व-पश्चिम राजमार्गको चोरमारामा सडकखण्ड बन्द

शुक्रबार, २० जेठ २०७९, १६ : ५४
8 Shares

परासी, जेठ-२० पूर्वी नवलपरासीको चोरमारामा पुल मर्मतका लागि ६ घण्टा सडक अवरुद्ध हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपुरले सूचना जारी गरी जेठ २२ गते आइतबार विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म ६ घण्टा सडक अवरुद्ध हुने जनाएको हो ।चोरमारामा रहेको गिरुवारी खोलाको पुलको बीचमा प्वाल परेको कारण तत्काल मर्मत गर्नु पर्ने भएकोले जेठ २२ गते विहान ८ बजेदेखि दिउँसो २ बजेसम्मलाई पुलमा साना तथा ठूला सवारी साधन आवतजावतमा रोक लगाइएको नवलपुर प्रशासनले जनाएको छ ।

झण्डै ५० बर्ष आसपास पुगेका नवलपुरका पुलहरु अत्यन्तै जीर्ण अवस्थामा रहेका छन् । पुलहरु बेलाबेलामा मर्मत गरेर पुन सञ्चालनमा ल्याउने गरिएको छ ।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल