ताजा अपडेट »

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको प्रमुखमा एमालेका गुप्ता निर्वाचित

विहीबार, ०५ जेठ २०७९, १३ : ५८
6 Shares

परासी। पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा एमालेले मेयर र राप्रपाले उपमेयर जितेको छ। यो नगरपालिकामा यसअघि कांग्रेसले मेयर र उपमेयर जितेको थियो।

कांग्रेसले निवर्तमान मेयर नरेन्द्रकुमार गुप्तालाई उम्मेदवार बनाएको थियो। उपमेयरमा भने कांग्रेसले नयाँ अनुहारलाई उमेदवार उठाएको थियो।निवर्तमान मेयर गुप्ता एमालेका धनपद यादवसँग १ हजार ५३८ मतान्तरले पराजित भएका हुन्। गुप्ताले ६ हजार १९१ मत ल्याउँदा निर्वाचित मेयर पदका उमेदवार यादवले ७ हजार ७२९ मत ल्याएर विजयी भए।उपमेयरमा राप्रपाकी सम्झना चौधरी विजयी भएकी छन्। चौधरीले एमालेकी लक्ष्मी क्षेत्रीलाई ८५ मतान्तरले पराजित गर्दै उपमेयरमा विजयी भएकी हुन्।

निर्वाचित चौधरीको ६ हजार ४७१ आउँदा र क्षेत्रीले ६ हजार ३८६ मत पाइन्। कांग्रेसकी उपमेयरकी उम्मेदवार आराधना भट्टले ५ हजार ३४१ मत ल्याएर तेस्रो भएकी छन्।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल