ताजा अपडेट »

कोभिड महामारीमा मानवीय उद्धारमा खटियो, गर्व लाग्छ: मेयर भुसाल

विहीबार, ०५ जेठ २०७९, १३ : ०४
10 Shares

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भु्सालले आफुले जिम्मेवारी सम्हालेको केहि समयपछि कोभिड महामारिले आक्रमण गरेको र त्यसको मारमा सबैभन्दा बढि मजदुर वर्ग परेकोले उनीहरुको उद्धारमा जुट्न पाएको प्रति आफु सबैभन्दा बढी गर्वित भएको बताएका छन् ।

बिहीबार आफ्नो कार्यकालको अन्तिम पत्रकार भेटघाट आयोजना गरेका भु्सालले भने–‘ यस अवधीमा मैले थुप्रै राम्रा काम गरें भन्ने लाग्छ । तर, सबै भन्दा बढी कोभिड महामारिमा मजदुर बर्गको उद्धारमा जुट्न पाएकोमा गर्वित छु ।’ उनले आफ्नो कार्यकालमा सबै क्षेत्रको विकासको आधारशिला खडा गरेको र अबका जनप्रतिनिधिहरुलाई रेसुङ्गाको विकासमा थप सफलता मिलोस भन्नेशुभेच्छा प्रकट गर्दै नवनिर्वाचितहरुलाई आफ्नो सधैव साथ रहने बताए ।

आफुले जिम्मेवारी सम्हाल्दा सदरमुकाम तम्घास कै म्ुख्य सडक हिलम्मे रहेको , भित्रि सडकको हविगत झन सदरमुकाम भन्न पनि लाज मर्दो रहेको स्मरण गर्दै मेयर भुसालले भने–‘ नगरबासीले अहिले देख्नु भएकै छ नगरका भित्रि सडक पिच र ब्यवस्थित नाली निर्माण भएका छन् । जुन कुराको मैले मिडियामा प्रचार गर्नै परेन तर, प्रचार गर्न नसकेको प्रति अहिले निकै पछुतो छ ।’

उनले थपे– ‘मलाई थाह थिएन, गरेका कामहरुको प्रचार गर्नु पर्छ भन्ने कुरा । अरुले धेरै प्रचार गरे, मैले गरिन, प्रचार गरेकै भए , देशका थुप्रै नगरपालिका मध्ये विकासको गतिमा रेसुङ्गा नगरपालिका छैठौं वा सातौं नम्बरमा गनिने थियो नैं , त्यसमा मेरो पछुतो छ कि मैले सञ्चार माध्यम संग समन्व्य गर्न सकिन । ’

कोभिड महामारीमा मनकारी भुसाल
चौतर्फी छिमेकी जिल्लाको बिचमा अबस्थित गुल्मीको सदरमुकम तम्घासमा रहेको रेसुङ्गा नगरपालिकाले कोभिड महामारीमा अग्रमोर्चामा रहेर सराहनीय भूमिका काम गरेको र उद्धार कार्यमा मेयर भुसाल सहितका जनप्रनिधि र कर्मचारीहरुले निकै मन फुकाएको भन्दै नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल लगायतका पत्रकारहरुले प्रशंसा गरे ।

कोभिड महामारीको सुरुवाती क्षण देखि अन्तिम सम्म मेयर भुसाल आफू विरामी पर्दा समेत आफ्ना प्रतिनिधिमार्फत सदरमुकाम तम्घासको चिदिचौरको सार्वाजानिक स्थलमा उपस्थिती जनाउँदे उद्धारमा जुटेको अगुवा सरोकारवालादेखि सर्वसाधरण समेतलाई छर्लङ्ग भएको बिषय हो ।सदरमुकाम भित्रका मजदुरहरुको कोठा कोठामा रासन बाँड्न र बाहिरबाट आउने मजदुरहरुलाई खान खुवाउँदै र बाटो खर्च दिँदै उनिहरुको घरसम्म पठाउन उनको भुमिका उल्लेखनिय रहेको थियो ।

पोखरा,स्याङ्गजा, म्याग्दी, , पर्वत, बाग्लुङ्ग लगायतका छिमेकी जिल्लामा मजदुरी गर्ने मजदुरहरु तीन चार दिनको बाटो हिडेर गुल्मीको सदरमुकाम तम्घास छिरे पनि बल्ल सरकारको मुख देखियो भन्ने प्रतिक्रिया दिएका थिए । त्यस्तै मेयर भुसाल कै पहलमा लुम्बिनी प्रदेशका पाहडी जिल्लाहरु मध्ये गुल्मीमा पहिलो पटक कोभिड ल्याव सञ्चालनमा आएको थियो । उनले नगरपालिकाबाट मात्रै होईन , कोभिडको मारमा परेका बिशेषतः मजदुर वर्गको उद्धारमा आफ्नो ब्यक्तिगत रकम समेत खर्चिएका थिए ।

उनले झण्डै ३ सय परिवार मजदुरहरुलाई कोभिड महामारीको पहिलो वर्षको तिज , दशैं र तिहारमा ब्यक्तिगत खर्चमा राशन बाँडेका थिए । त्यसमा गुल्मी उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष दुर्गाप्रसाद पाण्डेले पनि साथ दिएका थिए । उनि सहित सदरमुकाम तम्घासमा रहेका र बाहिर बाट आउने मजदुरहरुको उद्धारमा अलि बढी नै खटेका थिए रेसुङ्गा नगरपालिका–८ का वडाध्यक्ष भरत भलामी पनि । त्यस्तै वडा नम्बर २ का वडाध्यक्ष उदयबहादुर थापा , १ का वडाध्यक्ष अखिलेश्वर पाण्डे, ७ का वडाध्यक्ष मोहनप्रसाद पाण्डे र ९ का वडाध्यक्ष नारायण बराल सुनार पनि निकै खटेका थिए ।

सदरमुकाम तम्घास बाहिरका वडाध्यक्षहरुले आ–आफ्नो वडामा उत्ति कै भुमिका निभएका थिए । मेयर भुसाल भन्छन्–‘ कोभिड महामारीमा आफू र आफू मातहतका जनप्रतिनिधि र कर्मचारीहरु खटेर मानविय उद्धार गर्न पाएकोमा सबै भन्दा गर्व त्यसैमा लागेको छ । ’
कृषि , पर्याटनतर्फ
१, कृषि , पशु, सुन्तला , तरकारी माहुरी जस्ता पकेट क्षेत्रको विस्तार गरियो
२ , सदरमुकाम तम्घासको चारिखोलामा कृषि तथा पशु उपज संकलन केन्द्रको निर्माण र सञ्चालन गरियो । जहाँ जिल्ला मै पहिलो अत्याधुनिक चिस्यान केन्द्रको स्थापना समेत गरियो ।
३, ऐन कानुन तथा कार्यविधी ४५ वटा निर्माण गरियो ।
४ , पर्यटन पुर्वधार निर्माण

हुन् तीस वर्षसम्म हुन नसकेका कामहरु
गुल्मी सहित पश्चिम नेपाल कै प्रशिद्ध र पवित्र धार्मिक क्षेत्र रेसुङ्गको सडक खन्न सुरु गरेको कैयौं बर्ष भई सकेको थियो । हिउँदभरी पैसा सक्ने , वर्षा लागे पनि बालुवामा पानी खन्याए जस्तो हुने तम्घास रेसुङ्गाको सडकले गिज्याई रहेको थियो । तर, रेसुङ्गा नगरपालिकाका जनप्रतिनिधीको पछिल्लो कार्यकालमा त्यहाँ सम्म पुग्ने सडक चौडा भएको छ । डल नाली ब्यब्यस्थित र र ग्रावेलिङ्ग भई पिच गर्ने कार्य अगाडी बढेको छ ।

सडकका अलवमा महादेव पोखरी देखि माथि यज्ञशाला सम्मको पदयात्रा निकै आकर्षक सुविधा सम्पन्न बनाईएको छ । दुबै तर्फ रेलिङ्ग सहित सिढी निर्माण हुँदा बिशेष गरि बृद्ध बृद्धा भक्तजनहरुलाई सुविधा प्राप्त भएको छ । रेसुङ्गाका मठ मन्दिर र पार्टी पौवाहरुको जिर्णोद्धार गरिएको छ । रेसुङ्गमा मै होटल पौवा प्रालिको रिर्सोट सञ्चालनमा आए पछि त्यहाँ आन्तरिक पर्यटकहरु दिनहुँ बढ्दै गएका छन् ।

दक्षिण , पश्चिम तर्फको अर्को धार्मिक तथा पर्यटकिय क्षेत्र अर्जुन डाँडा सम्म पुग्ने सडक पनि बाह्रैमासा आवत जावत गर्ने गरि स्तरबृद्धि गरिएको छ । मन्दिरको जिर्णोद्धार , सेल्फी टावर लगायको पुर्वधार निर्माणले त्यहाँ पनि मानिसहरुको भिड बढ्न थालेको छ । विमानस्थल बनाउने भन्दै कुनै समय स्थानीयलाई उत्साह थपिएको र पछि निरास पारिएको उनायचौर अहिले रेसुङ्गाको तेश्रो आकर्षक पर्यटकिय गन्तब्य स्थान बन्न पुगेको छ ।

जहाँ ट्रि–हाउसले बिशेषतः बालबालिका र किशोर किशोरीहरुको आकर्षण बढाएको छ । दैनिक तीन सय जना सम्मको आवत जावतले वडा नम्वर ५, ६, ७ र छिमेकी जिल्ला अर्घाखाँचीका वासीन्दाहरुको आय आर्जन बढेको छ । उनायचौर मै विशाल खेल मैदान र सोही स्थानमा पश्चिम नेपाल कै सबै भन्दा ठुलो शव स्टेशनको निर्माण कार्य सुरु भएको छ । कविलवस्तु अर्घाखाँची गुल्मी हुँदै बाग्लुङ्ग सम्मका हजारौं जनतालाई विद्युतको दिर्घकालिन सेवा दिने उक्त शव स्टेशन नगरपालिकाको गौरवको योजना मध्ये एक भएको मेयर भुसालको भनाई छ ।
यस अवधीमा कम्युनिष्टका मेयर भुसालले मठ मन्दिरमा अलि ठुलो रकम खर्चेका छन् । जुन कम्युनिष्ट बिचारकहरुका लागि आलोचनाको बिषय बनेको छ ।

बर्षऔं देखि अलपत्र रहेको रेसुङ्गा विमान स्थल सम्पन्न गर्न आफुले अगुवाई गरेको र त्यसमा एमालेका नेता तथा पुर्वमन्त्री प्रदिपक्ुमार ज्ञवालीको निकै ठुलो साथ रहेको भुसालले बताए । त्यस्तै आफ्नो आग्रहमा अर्का एमाले नेता तथा पूर्वमन्त्री गोकर्णराज बिष्टले सदरमुकाम तमघासमा अत्याधुनिक सुविधा सम्पन्न ५० शैयाको अस्पताल निर्माणमा निकै ठुलो पहल गरेको र किरण पुस्ताकालयका पदाधिकारीहरुको पहलमा नेता बिष्टले अत्याधुनिक भवन सहित डिजिटल पुस्ताकालय निर्माण गरेको प्रति आभार प्रकट गरे ।

त्यस्तै मझेङ्ग खानेपानी आयोजना नगरवासीका लागि गौरवको आयोजना भएको र अब उक्त योजना छिटै सम्पन्न भई नगरवासीले शुद्ध र स–शुल्क पिउने पानीको सुविधा लिने उनले बताए । यस अवधीमा शैक्षिक सुधारका कामहरु पनि सन्तोष जनको रहेको उनको भनाई छ ।
वडा नम्वर ८ ले वडा स्तरबाटै दलित विपन्न समुदायका बालबालिकाहरुलाई माध्यामिक तह सम्म निशुल्क अध्यानको ब्यबस्थालाई पनि नगरवासी प्रशंसा गरेका छन् । नगरभित्रका बिद्यालयमा यस अवधीमा ९५ वटा कक्षा कोठा निर्माण गरिएको , त्यस्तै १३ वटा शौचालय , ३ वटा खेल मैदान, १० वटा खानेपानी योजना , ४ वटा विद्यालय कम्पाउण्ड निर्माण गरिएको प्रमुख प्रशासकिय अधिकृत भक्तीराम मरासीनीले जानकारी दिए ।

उनका अनुसार नगरका सम्पूर्ण मावि र आधारभुत विद्यालयमा आईसिटी कक्षा सञ्चालनमा आएका छन् । कक्षा १ देखि ८ सम्म स्थानीय पाठयक्रम तयार पारिएको छ । स्वास्थ्य सेवा केन्द्र ७ वट,शहरी सेवा केन्द्र २ वटा निर्माण भएका छन् । कोभिड खोप नगरका शतप्रतिशत जनतालाई दिन सफल भएको बताईएको छ ।

विगतमा जिल्ला स्तरबाट अन्यायमा परेका अपङ्गता भएका थप २९४ जना नागरिकहरुलाई परिचय पत्र वितरण गरिएको छ । ८७६ जना जेष्ठ नागरिकहरुले पनि यस अवधीमा परिचय पत्र प्राप्त गरेका छन् । सदरमुकाम तम्घासको फोहर ब्यवस्थापन कार्यलाई अवरोध गरि स्थानीयको रोजीरोटी समेत खोसिएको प्रति निकै ठुलो चित्त दुखाई भएको मेयर भुसालले दुखेसो गरे । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ६०८ जनालाई आंशिक रोजगारि दिएको र सिपमुलक तालिम मार्फत १ हजार ७ सय जना स्वरोजगार भएको त्यस पालिकाको कार्य विवरणमा उल्लेख छ । विभिन्न वडामा १६ वटा वालउद्यान निर्माण र सदरमुकाम तम्घासको मुटु मानिने लाँकुरीमञ्चमा शंखपार्क निर्माण गरिएको छ । तर मौलिकता मासेर शंखपार्क निर्माण गरिएको प्रति आम नगरवासी असन्तुष्ट देखिन्छन् ।

सबै वडाहरुमा सडक सञ्जाल पुराईएको , यस अवधीमा १५ किमी सडक पिच गरिएको , १५० किमि ग्रावेलिङ्ग गरिएको, १५० किमि नयाँ कच्ची सडक निर्माण भएको , ५ किमि सडक ढलान गरिएको र ७५० किलो मिटर सडको स्तरोन्नति गरिएको मेयर भ्ुसालले जानकारी दिए ।
त्यस्तै आफ्नो कार्यकालमा विपन्न परिवारलाई ८२ वटा घर निर्माण गरिएको र ९ सय ६५ वटा खरका छानालाइ मुक्त गरि जस्ता पाछताले घर छाईएको उनले बताए ।

यस अवधीमा झोल्ुङ्गेपुल ३ वटा निर्माण गरिएको , त्यस्तै एकदेखि अर्को डाँडामा जोड्ने आकाशेपु्लको सम्भाब्यता अध्यान गरिएको र केहि स्थानमा काम सुरु समेत भएको छ । यस अवधीमा पक्की पुल २ वटा, सामुदायिक भवन १० वटा निर्माण भएको कार्य विवरणमा उल्लेख छ । त्यस्तै शहरी विकास कार्यालय मार्फत १० वटा सडक ग्रावेलिङ्ग र पिच गरिन लागिएको छ । त्यस्तै मेयर भुसालको पहलमा प्रदेश सरकारबाट सडक , खानेपानी र भवन लगायतका २० वटा योजना पारिएको कार्य विवरणमा उल्लेख छ ।

प्रत्येक वडामा तालिम प्राप्त मेलमिलाप कर्ताको ब्यवस्था गरि सामाजिक न्यायको पाटोलाई पनि चुस्त पारिएको र यस अवधीमा उप मेयर तथा न्यायिक समितिकी संयोजक सिता भण्डारीले न्याय सम्पादनमा उल्लेखनिय भुमिका खेलेको, त्यस्तै अन्य जनप्रतिनिधी र कर्मचारीहरुले निकै ठुलो साथ दिएको भन्दै मेयर भुसालले धन्यवाद दिए । उनले सालझण्डी ढोरपाटन सडक निर्माणमा पछाडी परेको र सरोकारवाला सहित आफु माथील्लो किकायमा पुगेर बजेटको ब्यवस्था गरि निर्माण कार्य सुचारु हुन लागेको बताए ।

त्यस्तै आफूलाई भोट दिएर जिम्मेवारी सुम्पिएकोमा नगवासी प्रति मेयर भुसालले कृतज्ञता जाहेर गर्दै संस्थापक जनप्रतिनिधी प्रमुखमा रुपमा सधै जनता कै साथमा रहने प्रतिबद्धता जनाए । स्थानीय तह संस्थागत मुल्याङकनमा आर्थिक बर्ष २०७६/०७७ मा ७२. २५ प्रतिशत र आव २०७७/०७८ मा समग्र प्रशासनिक र विकासात्मक गतिविधीलाई सुधार गरि ८१. २५ प्रतिशत अंक प्राप्त गर्न सफल प्रमुख प्रशासकिय अधिकृत सहितका कर्मचारीहरुलाई उनले धन्यवाद दिए । वित्तिय जोखिम मुल्याङन र वित्तिय आयोग मुल्याङनमा पनि रेसुङ्गा नगरपालिकाले उत्कृष्ट अंकको नतिजामा आफुलाई सुचिकृत गर्न सफल भएको छ ।

मेयर भुसालले सुरुको अवस्थादेखि हालसम्मका प्रमुख प्रशासकिय अधिकृत सहित यहाँबाट सरुवा भई गएको अन्य कर्मचारी देखि परिचर सम्मलाई सम्झीदै धन्यवाद दिए । उनले संघिय सांसद, प्रदेश लगायतका नेता गणहरु पति पनि आभार प्रकट गर्दै रेसुङ्गाको विकासमा निरन्तर जुटिरहन आग्रह गरे । मेयर भुसाल एमालेबाट विजयी भएका थिए । दोश्रो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका सभापति खिलध्वज पन्थी मेयरमा निर्वाचित भएका छन् । उपमेयरमा पनि कांग्रेस कै अमृतादेवि कुँवर निर्वाचित भएका छन् । यी दुबै जना पनि विकासप्रेमी नेता नेतृका रुपमा चिनिदै आएका छन् ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार