ताजा अपडेट »

चुनाव चिन्ह

सोमबार, ०२ जेठ २०७९, १४ : ४१
17 Shares

सुर्य नस्ताओस्
रुख नढलोस्
हसियाहतौडामा खिया नलागोस्
कलमले लेखिरहोस्
गाइले दूध दिइरहोस
हलोले खेतबारी जोत्न सकोस्
गिलास नफुटोस्
मशाल दन्किरहोस्
मादल बजिरहोस्
तारा चम्किरहोस्
छाताले ओत दिइरहोस्

सबै नेपाली एक हुन्
विवेकशील बनुन्
नेपाल साझा रहोस्
भ्रष्टाचार, जाली, फटाह, तस्कर, दलालीहरुको अन्त्य होस्
देशले तिव्र समृद्धि हासिल गर्न सकोस्
मेरो देश सधैं–सधैं बाचिरहोस्
सबैले सकारात्मक सोचौं
कुरा भन्दा काम गरौं
देश आँफै बन्छ
जीतको अति उन्माद

हारको निराशाबाट मुक्त हौ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।