ताजा अपडेट »

‘समृद्ध सुनवलका लागि मसँग भिजन र योजना छ’

मंगलबार, २७ बैशाख २०७९, १७ : ०९
6 Shares

सुनवल नगरपालिका जुजारु युवा हुन्, लेखनाथ खरेल । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा खरेल स्वतन्त्र रुपमा उपप्रमुखका लागि चुनावी मैदानमा होमिएका छन् । स्वतन्त्र रुपमा खरेलले उम्मेद्वारी दर्ता गरे पनि उनी नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचन लड्दैँ छन् । उनलाई नेकपा माओवादी सँगै नेपाली कांग्रेसको समेत समर्थन रहेको छ ।

२०४६ सालमा तत्कालिन नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियू एकता पाँचौको जगन्नाध मावि संस्थापक कमिटीको अध्यक्षबाट राजनीतिक यात्रा सुरु गरेका थिए । एमालेसँग एकता भएपछि उनी सोही पार्टीमा क्रियाशिल रहँदै आएका थिए। स्थानीय निर्वाचनको टिकट वितरणमा असन्तुष्टि जनाँउँदै खरेलले बैशाख ११ गते एमाले परित्यागको घोषणा गरेर स्वतन्त्र रुपमा सुनवल नगरपालिकाको उपप्रमुखका लागि उम्मेद्वारी दिएका छन् । प्रस्तुत छ, सुनवल नगरपालिकाका उपमेयरका उम्मेद्वार लेखनाथ खरेलसँग निर्वाचन केन्द्रित रहेर ग्लोबल आवाजका लागि बसन्त आचार्यले गरेको कुराकानीः

नेकपा एमाले परित्याग गरि स्वतन्त्र रुपमा माओवादीको निर्वाचन चिन्ह लिएर चुनाव लड्दै हुनु हुन्छ? तपाइँको मुख्य एजेण्डा तथा प्राथमिकताहरु के कस्ता छन्?
–यो नगरपालिका स्थापना भएको धेरै भएको छैन् । नगरपालिकामा धेरै समस्याहरु रहेका छन् । ती समस्या समाधान गर्ने मेरो अठोट छ । नगरमा भएका सबै समस्या समाधान गरेर समृद्ध सुनवल र सुखी नगरवासी बनाउने हामो परिकल्पना रहेको छ । सुनवल नगरपालिका नेपालकै मध्यविन्दु र पूर्वपश्च्मि राजर्मागमा पर्ने नगरपालिका हो । यसको विकासका लागि वैज्ञानिक तरिकाले सोच्ने हो भने विकास गर्न कुनै समस्या छैन् । यहाँ शिक्षा सम्बन्धी समस्या रहेका छन् । उच्च शिक्षा अध्ययन गर्न यहाँका विद्यार्थीहरु अध्ययन गर्नका लागि धेरै बाहिर जानु पर्ने अवस्था छ ।

यसलाई रोक्नका लागि सामुदायिक विद्यायलको शिक्षाको गुणस्तरमा सुधार र नीजि विद्यालयहरुसँग सहकार्य गर्नु पर्ने छ । सामान्य स्वास्थ्य उपचारको लागि पनि अहिले बुटवल जानु पर्ने अवस्था छ । यसकारणले गर्दा नगरमै ५० शैयाको अस्पताल बनाउने गरी अघि बढ्ने मेरो योजना रहेको छ । यस्तै केही सडकहरु बनेका छन । अहिले सडक भए पनि नालि र ढल निकासको व्यवस्था छैन् । यी सडकलाई व्यवस्थित बनाउने छु । अहिले नगरमा खानेपानि र सिचाईको समस्या छ । सुनवल एउटा उर्भर भूमि हो । यो उर्भर मूभिलाई विभिन्न क्षेत्रमा वर्गिकरण गर्न सकिन्छ । यसलाई वर्गिकरण गरेर आवास क्षेत्र कहाँ हो । यसका पकेट क्षेत्र के–के हुन् । सम्भाव्यता के– के हुन् यसलाई छुट्याएर नगरको विकास गर्ने संकल्प छ ।

तपाईको जितको आधार के–के हुन्?
–म एउटा युवा हुँ । अहिले म ४६ वर्षको भए । मैले युवाहरुको बिचमा गएर काम समाजमा गरेको छु । मैले गरेका सबै कामहरुको सम्पन्न गरेको छु । मैले कुनै खालको भष्ट्राचार गरेको छैन् । समाजमा मेरो कुनै छवि धुमिलिएको छैन् । मसँग योजना र भिजन छ । स्थानीय स्रोत र साधनलाई बढी भन्दा बढी उपयोग गर्दै नगरलाई समृद्ध सुनवल र सुखी सुनवलवासी बनाउने मेरो परिकल्पना छ । यो परिकल्पनाको बारेमा सुनवलबासीहरु म प्रति सबैको सकारात्मक सोच रहेको छ ।

म विभिन्न संघ संस्थामा पनि काम गरेको छु । म अहिले पनि एउटा सहकारीको र क्याम्पसको अध्यक्ष रहेको छु । सुनवल उद्योग वाणिज्य संघको वाणिज्य उपाध्यक्ष हुँ । हामीले एउटा कृषि क्याम्पस पनि खोलेका छौँ । सो क्याम्पसको पनि म सञ्चालक समितिमा रहेको छु । साथै नगरका विभिन्न उपभोक्त समितिमा पनि बसेर काम गरेको छु । मैले गरेका सबै कामहरु पार्दशी हुन्छन् । यो काम गर्न सक्ने खालको युवा व्यक्ति हो भन्ने नगरका आम मतदाताहरुलाई जानकारी छ । यसले गर्दा मेरो विजय सुनिश्चित छ ।

सुनवल नगरपालिकाको उपप्रमुखमा धेरै उम्मेद्वारहरु हुनुहुन्छ । तपाइँ उहाँहरुले भन्दा के फरक गर्न सक्नु हुन्छ?
–काम सबैले गर्न सक्छन् । सफल हुने मान्छेले काम फरक तरिकाले गर्छ । मैले स्थानीय स्रोत र साधनलाई वैज्ञानिक तरिकाले प्रयोग गर्दै संघ सरकार र प्रदेश सरकारबाट आउने बजेटलाई सहि सदुपयोग गर्दै यहाँ भएका खोला नाला, वन, जङ्गलहरुलाई बैधानिक रुपमा उपयोग गरेर नगरलाई विकास गर्न चाहान्छु । जनताका सपनाहरु पुरा गर्न म सक्छु भनेर मैले उम्मेद्वारी दिएको हुँ । सुनवल नगरपालिकाको समृद्धिको लागि काम गर्न सक्छु भन्नेमा म पूर्ण रुपमा विश्वस्त छु ।

जनताको घरदैलोमा जाँदा उहाँबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ नि?
–हामी घरदैलोमा जाँदा उहाँहरुको एकदमै उत्साहा रहेको छ । हामी चुनावको समय अलि छोटो भएकाले प्रर्याप्त मात्रामा सबैका घरदैलोमा पुग्न सकेका छोइन औँ । हाम्रा प्रतिनिधिहरु वडा वडामा हुनु हुन्छ । उहाँहरु वडा वडामा पुगेर हाम्रो बारेमा जनतालाई जानकारी गराउनु भएको छ । कहि कसैलाई हाम्रो आवश्यकता पर्यो र जनताले हाम्रो बारेमा जान्न र नजिकबाट चिन्न खोज्नु भयो भने कोणसभा कार्यक्रमको आयोजना गर्नु भएको छ। ती कोणसभामा जनताहरुको सहभागिता राम्रै रहेको छ । कोणसभामा हामीले गर्न सक्ने काम मात्रै भनेका छौँ । अहिले हामीले जनतासँग ढाँटेर मत माग्यो र काम गर्न सकेनौँ भने भोलि हामी काम गर्न नसक्दा लजित हुनु पर्छ भन्ने कुरा म पहिलै सचेत छु ।

तपाई निर्वाचित भए ५ वर्षपछि सुनवलमा के कस्तो परिर्वतन आउँला, तपाई कस्तो परिकल्पना गर्नु भएको छ ?
-सुखि सुनवल र समृद्ध सुनवलबासी बनाउनका लागि पूर्वमा रहेको भुलही खोला र पश्च्मिमा रहेको खोलाबाट सुनवल नगरिमा पुग्दा हामी कुनै नयाँ ठाउँमा आयौँ । अथवा यस्तो आन्नदको ठाउँ र सफा ठाउँमा आयौँ भनेर हरावरा र प्रकृतिप्रेमि सुनवल बनाउन चाहान्छौँ ।

निर्वाचन नजिकिँदै छ । तपाई सुनवलवासीलाई के भन्नुहुन्छ?
–तपाईहरुले ५ वर्षका लागि प्रतिनिधि छनौट गर्दै हुनु हुन्छ । त्यो ५ वर्षका लागि प्रतिनिधि छनौट गर्ने समय ५ मिनेट पनि हुँदैन् । तपाइँले त्यो ५ मिनेट भित्र गर्नु पर्ने निर्णय हामीलाई तपाईहरुले सहि मूल्यांकन कस्ले सुनवलको समृद्धि र तपाईहरुको समृद्धिमा ध्यान दिन्छ, को व्यक्ति सामाजिक व्यक्ति हो, काम गर्न समक्ष छ छैन् पहिचान गर्नु हुने छ र आफ्नो मतदान गर्न सुनवलवासी आम मतदाताहरुलाई आग्रह र अनुरोध गर्न चाहान्छु । त्यसमा तपाईहरुले अवश्य पनि मलाई र मेरो टिमलाई रोज्नु हुने छ भन्नेमा म पूर्ण रुपमा विश्वस्त छु ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।