ताजा अपडेट »

प्रचार–प्रसारमा उत्साह देखिएको छ : पन्थी

शनिबार, २४ बैशाख २०७९, २० : ४६
4 Shares

मुलुक स्थानीय तह निर्वाचन–२०७९ को करिब पूर्वसन्ध्यामा छ । आगामी ३० गते शुक्रबार हुने निर्वाचनका लागि तयारी तिव्र छ । मुलुकभरका ७५३ स्थानीय तहको नयाँ नेतृत्वको लागि ३५ हजार बढी जनप्रतिनिधि चयन हुँदैछन् । लुम्बिनी प्रदेशको रुपन्देहीमा पनि निर्वाचनको महौलसँगै तयारी तिव्र छ । विभिन्न दल तथा स्वतन्त्र उम्मेद्वारहरु मत माग्नका लागि मतदाताको घर दैलोमा पुगेका छन्।

यसै सन्दर्भमा चुनावको मुख्य प्रतिष्पर्धी दल नेकपा एमाले शसक्त रुपमा चुनावी अभियानमा लागेको छ । सत्तारुढ ५ दलीय गठबन्धनसँग मुख्य प्रतिष्पर्धी एमालेले रुपन्देहीका निर्वाचनको तयारी के कसरी गरिरहेको छ भन्ने सन्दर्भमा पार्टीका जिल्ला उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थीसँग गरिएको कुराकानी :

सिद्धार्थनगरको चुनावी अभियानमा खुबै दौडिएको देखिन्छ ,घरदैलो सकियो की ?

-हाम्रो पार्टी नेकपा एमालेले बैशाख १३ गतेदेखि घरदैलो कार्यक्रम सुरु गरेको थिेयो । र अहिलेसम्म करिब ७५ प्रतिशत घरदैलो सम्पन्न गरिसक्यौं र बाँकी घरदैलोको चरणमै छौं हामीहरु ।

घरदैलो जाँदास्थानीय जनताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

-घरदैलो जाँदा स्थानिय जनताको प्रतिक्रिया एकदमै सकारात्मक छ ,उहाँहरु स्वतः स्फुर्त नेकपा एमालेको जुन प्रचार अभियान छ त्यसमा सहभागी हुने, प्रचारमा गएका सबै कमरेडहरुलाई पानी, स्प्राइट, चिसो खुवाएर उहाँहरुले स्वागत गर्नुभएको छ र नेकपा एमालेको घरदैलोमा जुनखालको उत्साह सर्वसाधारणहरु जसको घरमा गइएको छ स्वयम् घरधनीहरुबाट त्यस्तो खालको सहानुभुति, उत्साह, समर्थले नेकपा एमाले यो स्थानिय तहको घरदैलोमा उत्साहपुर्वक जुटेको र जनताहरुको सहभागिता रहेको कुरा भन्न चाहान्छु । त्यतिमात्रै होइन उम्मेदवारहरुसँगै हरेक जसो स्थानिय बासिन्दा टोल छिमेकमा सहयोग गर्दै आउनुभएको छ । हाम्रो पाटिका उम्मेदवार डा. रामप्रसाद बस्याल र उमा अधिकारी सहित वडाध्यक्षहरु तथा सदस्यहरुकोलागि पनि मत माग्दै आउनुभएको छ ।

यहाँको पार्टी नेकपा एमालेले बनाएका उम्मेदवारहरु अन्य पार्टीका उम्मेदवारहरुको भन्दा के कति कारणले बढी जिम्मेवार र योग्य छन् जस्तो लाग्छ ?

-स्वभाविक हिसाबले नेकपा एमालेका उम्मेदवारहरु त्यसैपनि जिम्मेवार हुनुहुन्छ । नेकपा एमालेले अगाडी सारेका मुद्दाहरु त्यसैको आधारमा उम्मेदवारी तय गर्ने कुरा र त्यसलाई इम्प्लिमेन्टेसन गर्ने सवालमा समेत नेकपा एमालेले अगाडी सारेका नीति कार्यक्रमका आधारमा नै हामी अरु उम्मेदवारभन्दा फरक छौं । इस्युका आधारमा, मुद्दाका आधारमा, हाम्रा प्रतिबद्धताका आधारमा, हामीले अगाडी सारेका कार्यक्रम र कार्यनीतिका आधारमा नेकपा एमाले अरु राजनैतिक पार्टीहरुभन्दा धेरै फरक, धेरै बलियो र धेरै आकर्षक र महत्वपुर्ण एजेण्डाका साथ जनताको बिचमा जाने बढी जिम्मेवार पार्टीका रुपमा नेकपा एमाले अगाडी बढिरहेका छ । त्यसका अतिरीक्त नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका मेयरका उम्मेदवार डा. रामप्रसाद बस्याल, उपमेयरका उम्मेदवार उमा अधिकारीको इमान्दारीता, असलपना पनि जितको लागि बलिया आधारको रुपमा रहेका छन् ।

सिनपावासीले एमालेकै उम्मेदवारलाई किन मत दिने ?

बिशेषतः सिनपामा बसोबास गर्ने आम मानिसहरुले नेकपा एमालेलाई भोट दिनुका महत्वपुर्ण कारणहरु छन् , कि हामीले अगाडी सारेका कार्यक्रमहरु जसरी विगतमा पनि हामीले आफ्नो घोषणापत्र भनेर अगाडी सारेका करिब ६५ बुँदामध्ये ५५ वटा कामहरु सु–सम्पन्न गरिसकेका छौं । यो भन्दा अगाडी पनि हामीले हरेक सार्वजनिक ठाँउमा यि कुराहरुलाई सार्बजनिकरण गरेका छौं । कतिपय सन्दर्भलाई हामीले जोडिरहँदा नेकपा एमालेको नेतृत्वमा पाँच बर्ष सम्म सिनपाका प्रमुख हरि प्रसाद अधिकारीले गरेका कामहरु बढि प्रचार गर्न सकिएन र आम रुपमा जनताहरुलाई समेत सुु–सुशित र चेतनायुक्त बनाएर अगाडी लिएर जान नसक्दा हामीले गरेका कतिपय कामहरु ओझेलमा परे र त्यो कुरा आम नगरवासीहरुले त्यसका बारेमा बुझ्न नसक्दा हामीले गरेका कतिपय कामहरु ओझेलमा परे र त्यो आम नगरवासीहरुले त्यसको जानकारी प्राप्त गर्नुभएन । कतिपय प्राप्त गरेका सुचनाहरु ,जानकारीहरु हामीले र सम्बन्धित नगरपालिकाबाट र पार्टीहरुबाट भएका कामहरुसमेत प्रचारमुखी बनाउन नसक्दा नेकपा एमालेहरुले गरेका कतिपय कामहरु जनतामाझ जुन खालको सन्देश प्राप्त हुनुपर्ने हो त्यसमा कमि कमजोरी रहेको कुरा महसुस भएको छ ।

अन्त्यमा स्थानिय चुनावको सन्दर्भमा समग्रमा सिद्धार्थनगरवासीलाई के भन्न चाहनुहुन्छ?

-स्थानीय चुनावको सन्दर्भमा सबै सिद्धार्थनगरमा बस्ने आम नागरिकहरु जो न्यायको पक्षमा, समानताको पक्षमा र विशेष गरेर बिकास र संमृद्धिको पक्षमा हुनुहुन्छ । ती सबै आदहरणीय न्यायप्रेमी जनताको मानव विकासको र चेतनाको सन्दर्भसित जोडेर यो स्थानिय तहको चुनावमा वास्तवमा नेकपा एमालेले उठान गरेका राष्ट्र र देशभक्तिका मुद्दाहरु जसरी हाम्रो राष्ट्रियताको सवालमा चाहे अन्तराष्ट्रिय क्षेत्रमा राष्ट्रिय स्वाधिनताको सवालमा नेकपा एमालेले अगाडी सारेका तमाम विषयवस्तुहरुलाई अनुसरण गर्ने अंगीकार गर्ने सोहिअनुसार अगाडी जाने सन्दर्भमा एमालेको स्पष्ट धारणा जनताले बुझ्नु पर्छ । स्थीरताकोलागि, खुसीकोलागि र समृद्धिकोलागि सुर्यमा मतदान गर्नुपर्छ ।

निर्वाचनको बेला विभिन्न आश्वासन लिएर थरीथरीका पाटि र नेताहरु घरदैलोमा आउनेछन् । तपाईहरुको मत किन्ने , विभिन्न प्रलोभन दिने कोशिस गर्नेछन् । ती सबैबाट टाढा रहेर ढुक्क भई एमालेको चिन्ह सूर्यमा मतदान गर्न अपील गर्दछु । एक भोटको महत्व अति नै हुन्छ, यसैले मतदानमा विशेष सतर्क हुदै कतै पनि प्रभाब र दबाबमा नपरी मतदान गर्न सबै नगरबासीमा अनुरोध गर्दछु । तपाईहरु जिताउनुहोस् हामी सेवा गर्नेछौं ।

यहाँ प्रचार विभाग प्रमुख पनि हुनुहुन्छ, जिल्लामा प्रचारको अभियान कसरी चलिरहेको छ ?

-यतिबेला नेकपा एमालेको प्रचार विभागमा रहेका सबै साथीहरु तथा प्रेस चौतारीका साथीहरुले एमालेका उम्मेदवारहरुको प्रचारको अभियानमा सक्रियता पुर्वक खटिनु भएको छ । त्यसका अतिरीक्त सबै मिडीयामा एमालेका धारणा, पालिकाका प्रतिबद्धता तथा पाटिका नेता एवं उम्मेदवारका गतिवीधि प्रकाशन, प्रसारण भईरहेका छन् । पाटिको विभागले विशेष जिम्मेवारीका साथ काम गरिरहेको छ । भोलिका दिनमा साच्चै नै यो मुलुकमा हामीले अगाडी सारेका नीति र कार्यक्रमले भोलिका दिनमा सिद्धार्थनगरपालिकालाई समेत कस्तो बनाउने भन्नेखालका योजनाहरु हामीले प्रतिबद्धता पत्रमार्फत सार्बजनिक गरेका छौं । त्यसैका आधारमा नेकपा एमालेलाई सुर्य चिन्हमा मतदान गरेर हाम्रो पालिकाका प्रमुख/उपप्रमुख, वडा अध्यक्ष र सबै वडा सदस्य उम्मेदवारहरुलाई निर्वाचित गर्नुहुनेछ भन्ने पुर्ण बिस्वास र आशासहित मेरो भनाइ अन्त्य गर्दछु, धन्यवाद !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।