ताजा अपडेट »

‘सिद्धार्थनगरलाई नेपालको सबै भन्दा सुन्दर शहर बनाउँछु’

बुधबार, २१ बैशाख २०७९, २१ : १८
24 Shares


नेपाली कांग्रेसबाट सिद्धार्थनगर नगरपालिकाको प्रमुखका लागि ईश्तियाक अहमद खाँन चुनाबी प्रतिस्पर्धामा रहेका छन् । खाँनलाई नेकपा माओवादी केन्द्रको पनि समर्थन छ । यसै सन्दर्भमा रहेर नेपाली कांग्रेस र माओवादी केन्द्रका साझा उम्मेद्वार ईश्तियाक अहमद खाँनसँग ग्लोबल आवाजका लागि बसन्त आचार्यले गरेको कुराकानीः

तपाईका मुख्य एजेण्डा तथा प्रथामिकता के-के हुन् ?
–सिद्धार्थनगरलाई सुन्दर, समुन्त, सुरक्षीत, स्वच्छ, हरियाली, वातवरणमैत्री र आर्थिक शहर बनाउने मेरो लक्ष्य छ । शून्य प्रदुषिद क्षेत्र, हाइजनिक एरिया बनाउने र त्यसमा धेरै भन्दा धेरै बृक्षारोपण गर्ने प्रतिबद्धता छ । यस्तै मानवमुक्त सडक बनाउने, सडकमा विशेष खालको बत्तिको व्यवस्था गर्ने, विशेष खालको जग्गा खोजि गरी वोटनिकल गार्डेन बनाउने गरी काम गर्ने छु ।

सिद्धार्थनगरमा फोहोर मैला व्यवस्थापन सबै भन्दा ठूलो समस्याको रुपमा रहेको छ। फोरमैलालाई व्यवस्थापन गर्नका लागि बिल गाडेन व्यवस्थापनको खोजि गर्नुका साथै दैनिक फोहोर उठाउने कामलाई अझ व्यवस्थित बनाउने छु । यस्तै नगरमा अर्को समस्याको रुपमा छाडा चौपाया रहेको छ । यसको समाधान गर्नका लागि कन्जी हाउस बनाउने छु । यसरी नगरलाई छाडा चौपाया मुक्त सडक बनाउने योजनाका साथ अघि बढ्ने छु । वर्षाको समयमा डुबानको समस्या र सडकका नाली जाम हुने गरेका छन् । यसको प्रभावकारी समाधान गर्नका लागि समय समयमा सरसफाइ गर्ने छौँ ।

सिद्धार्थनगरका साहित्यकार, कलाकार,शिक्षाविद्, स्वास्थ्यकर्मी, खेलाडी, पत्रकार लगायत योगदान पुराएको विशेष व्यत्तित्वहरुलाई सम्मान गर्ने मेरो योजना छ । सिद्धार्थनगरमा गौतमबुद्ध अन्तराष्ट्रिय विमान स्थल र गौतम बुद्धको पावन नगरी भएकाले यहाँ पर्यटन व्यवसायको ठूलो सम्भावना छ । यसले गर्दा संस्कृतिलाई चिनाउन सांकृतिक कार्यक्रमहरुको लागि सबै समुदायका सबैको कलचर प्रोग्राम दैनिक रुपमा सञ्चालन गर्न सके यहाँको प्रमोशन हुनेका साथै यसले गर्दा मान्छेहरु सिद्धार्थनगरमा बसाई लम्बाएर बस्छन् ।

नगरका मुख्य चोक खास गरी एरपोर्ट र बसपार्कमा फ्रि वाईफाईको व्यवस्था गर्ने सोँच रहेको छ । यसले गर्दा स्वदेशी तथा विदेशीलाई पर्यटकलाई सहज हुने देखेको छु । यस्तै नगरलाई स्वदेशी वा विदेशीलाई आकर्षित गर्नका लागि रमणीय स्थल बनाउने लगायतका सोचँका साथ अघि बढेको छु ।

तपाईले चुनाव जित्ने आधारहरु के कस्ता छन्?
-म सकारात्मक सोच भएको मान्छे हुँ । म कहिले हार्नेवाला काम गर्दैन। मेरो आत्माले भन्छ की यो म जित्छु । मैले अरुले भन्दा केही न केही नयाँ कुरा गर्न सक्छु भन्ने मेरो आत्माले भन्छ । यो नै मेरो जितको आधार हो ।

सिद्धार्थनगरमा मेयर पदका आंकाक्षीहरु धेरै हुनु हुन्छ । उहाँहरुले भन्दा तपाईले फरक दिन सक्नु हुन्छ?
म धेरै नयाँ कुरा दिन सक्छु । मलाई सिद्धार्थनगरबासीले नगर प्रमुख भएर काम गर्ने जिम्मा दिनुहुन्छ भने उहाँहरु फरक अवश्य नै देख्नु हुने छ । बिना लोभ लालज सेवा दिन्छु । मेरो सपना छ कि सिद्धार्थनगरलाई नेपालको सबै भन्दा सुन्दर शहर बनाउने मेरो लक्ष्य छ । यो लक्ष्यमा म पक्कै पनि सफल हुने छु ।

यसकारण साथि भाइ दिदी बहिनीमा म अपिल गर्न चाहान्छु एक पटक मलाई अवसर दिनु होस् । कसैको भ्रममा नपर्नु होस् । लोकतन्त्र हो सबैले आफ्नो तरीकाले भोट माग्छन् । सविधानले दिएको छ यो सबैको अधिकार पनि हो। म पनि यहि फिल्डमा छु । म पनि जे गर्न सक्छु त्यो साथि भाइलाई र नगरवासीलाई भनेको छु । मलाई लाग्छ म अरुले भन्दा धेरै नै फरक दिन सक्छु ।

जनताको घरदैलोमा जाँदा उहाँहरुको प्रतिक्रिया कस्तो पाउनु भएको छ?
–जब मैले टिकट पाएँ। मलाई कम्तिमा पनि ३ हजारले फोन गर्नु भयो । उहाँहरुले भन्नु भयो बधाई छ तपाई जस्तो मान्छेबाट हामीलाई धेरै आशा र विश्वास छ । हामीले धेरै नेता देखिम र उनीहरुका कुरा सुनिम तर, तपाईको भित्र हामीले केही देखिरहेका छौँ। तपाई अरु भन्दा केही गर्न सक्नु हुन्छ । तपाईलाई हामी जिताउँछौँ । फोन गर्नेहरु धेरै मैले चिने जानेका थिएन् ।

मेरो फोनमा नम्बर सेभ थिएन् । उहाँहरुले म यो वडाको हुम । म कुनै पार्टीको होइन । तपाईलाई म सपोर्ट गर्छु भन्नु भएको छ । यसले मलाई धेरै खुशि लाग्यो । अहिले पनि दैनिक १०० औँ जनाले फोन गरेर तपाईलाई सहयोग गछौँ । पार्टीमा लागेका साथिहरुले पनि सहयोग गर्ने प्रतिबद्धता दिनु भएको छ । म जनताको घर दैलोमा जाँदा बधाई दिनु भएको छ । तपाई निर्वाचन जितिसक्नु भएको छ भन्नु हुन्छ । तपाईलाई हामि सहयोग गर्न तयार छौँ भन्नु भएको छ ।

तपाईको नजरमा भैरहवाको मुख्य समस्या के हो? निर्वाचित भए त्यसलाई कसरी समाधान गर्नु हुन्छ?
–म पहिला पनि भनि सकेको छु । ती समस्यालाई छिट्टो भन्दा छिट्टो समाधान गर्न लाग्ने छु । मलाई तपाईहरुले विश्वास गरेर जिताएमा म तपाईहरुको विश्वासलाई टुट्न दिने छैन् । म निःस्वार्थ भावनाले नगरमा जे जति समस्याहरु रहेका छन् । ती समस्या समाधान गर्ने छु ।

तपाई निर्वाचित हुनु भयो भने अहिलेको सिद्धार्थनगर र ५ वर्ष पछिको सिद्धाथनगरमा के फरक हुन्छ होला?
–धेरै फरक हुन्छ । जमिन आकाशकै फरक हुन्छ भनेर त भन्दैन् । म जे गर्न सक्छु त्यो मात्रै भन्छु । मेरो भित्री आत्मले पनि भनिरहेको छ । म धेरै गर्न सक्छु भनेर । म निःस्वार्थ भावनाले गर्छु । निःस्वार्थ भावनाले गरे पछि ईश्वरले पनि सुनुहुन्छ । मान्छे मुखबाट बोलेको कुरा मात्रै बुझ्ने हो भित्रको आवाज ईश्वरलाई मात्रै थाहा छ । यसले गर्दा निर्वाचित भए निस्वार्थ भावनाले काम गर्छु ।

निर्वाचनमा नजिकिदै छ, नगरबासीलाई के भन्न चाहानु हुन्छ?
–म नगरबासी दिदी बहिनी दाजु भाइ दिदी बहिनीमा के भन्न चाहान्छु भने तपाईहरुले धेरै जात, धर्म र नश्लको आधारमा आफ्नो आफ्नो दाजु भाइको आधारमा गर्नु भयो । अहिले सबै भन्दा माथि उठेर मानवको आधारमा जनप्रतिनिधिहरु छानुहोस् । मानव आफ्नो धर्म भन्दा माथि हुन्छ । यो भन्दा माथि उठेर नगरको विकासको लागि राम्रो मान्छेलाई छनोट गर्नुहोस् । म भन्दा यदि राम्रो अरु कही छ भने अरुलाई दिनुहोस । तपाईहरुको नजरमा म गलत छैन्, राम्रो लाग्छ, मैले कही गर्न सक्छु भन्ने लाग्छ भने मत दिनुहोस् ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।