ताजा अपडेट »

‘अर्घाखाँचीमै पनि पिछडिएको सितगंगालाई समुन्नत बनाउँछु’

मंगलबार, २० बैशाख २०७९, १७ : १३
60 Shares

सितगंगा नगरपालिका नेपालको भूगोलमा सबै भन्दा ठूलो नगरपालिका हो । अहिले यस नगरको प्रमुखका लागि सितगंगाका पुराना नेता छविलाल पौडेल प्रतिस्पर्धामा रहेका छन् । उनी नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव भइसकेका अर्घाखाँचीका पुराना नेताहरु मध्ये एक हुन् ।

उनलाई यसपटक नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले समेत नगर प्रमुखमा सहयोग गरेका छन् । निर्वाचन केन्द्रित रहेर ग्लोबल आवाजका लागि बसन्त आचार्यले छविलाल पौडेलसँग गरेको कुराकानीः

तपाईका मुख्य एजेण्डा तथा प्राथमिकताहरु के कस्ता छन्?
–सितगंगा नगरपालिका भूगोलको आधारमा देशको सबैभन्दा ठूलो नगर हो । मैले शिक्षा, स्वास्थ्य, सडकलाई विशेष प्राथमिकतामा राखेको छुँ । अहिलेसम्म सितगंगाका सडक बिच भएका छैन् । यसकारणले गर्दा यसलाई विशेष प्राथमिकतामा राखेको छु । दोस्रो कृषि र आयआर्जन गरेर जनताको जीवनस्तर माथि उठाउने दृष्टिकोण राखेर अघि बढ्ने छु । अर्घाखाँचीको दक्षिणमा रहेको सितगंगा नगरपालिका धेरै पिछडिएको छ । सितगंगा नगरपालिकाको सबै भूगोललाई समेटेर समृद्धितर्फ अघि बढाउन विशेष भूमिका खेल्ने प्रण गरेको छु ।

तपाइँले जित्ने आधारहरु के कस्ता छन ?
– मैले निर्वाचन जित्ने आधारहरु धेरै छन् । म सितगंगा नगरपालिकाको टोल टोल र बस्ती बस्तीका समस्या बुझेको छुँ । त्यँहाका सबैसँग मेरो गहिरो सम्बन्ध पनि छ । जनप्रतिनिधिको पदमा नहुँदा पनि म सम्पूर्ण टोल टोलमा जान्थ्ये । उहाँका समस्याहरु के हुन भनेर बुझने गथ्र्ये । यसकारणले गर्दा सितगंगाबासी मलाई जिताउन आत्तुर हुुनु हुन्छ । म लामो समयदेखि सितगंगाको विकासका लागि निरन्तरमा रुपमा सक्रिय भएकाले पनि सबै नगरबासीले यस कुरालाई बुझ्नु भएको छ ।

सितगंगामा मेयरका उम्मेद्वारहरु धेरै हुनु हुन्छ । उहाँहरुले भन्दा तपाइँले के फरक दिन सक्नु हुन्छ नि ?
–पक्कै पनि मैले अरुले भन्दा फरक दिन सक्छु जस्तो लाग्छ । म लामो सयमदेखि नै राजनीतिमा सक्रिय रहदैँ आएको छु । मेरा अन्य प्रतिद्धन्दी तथा उम्मेद्वारहरु अन्य क्षेत्रमा पोक्त भए पनि राजनीति क्षेत्रमा परिपक्क हुनु हुन्न् । मैले सम्रग सितगंगाका समस्या बुझेको छु र त्यसलाई कसरी हल गर्नुपर्छ भन्ने मलाई राम्रोसँग थाहा छ । यसकारण अरुले भन्दा केही न केही नयाँ काम दिन सक्ने छु ।

जनताको घर दैलोमा जाँदा उहाँहरुको कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
– जनताले तपाइँले जित्नु पर्छ । यँहाका समस्या सबै तपाई बुझ्नु भएको छ । ती समस्याहरुलाई तपाई समाधान गर्न सक्नु हुन्छ भनेर धेरैले भन्नु भएको छ । आफ्नो व्यक्तिगत भन्दा पनि सामाजिक काम कामलाई महत्व दिने तपाइँलाई हामी जिताउँछौँ भन्नु भएको छ । सितगंगाको विकास अघि बढाउनका लागि तपाईको आवश्यकता छ । भन्ने जस्ता प्रतिक्रिया मैले पाएको छुँ।

तपाइँको नजरमा सितगंगाको मुख्य समस्या के हो ? निर्वाचित भए त्यसलाई कसरी समाधान गर्नु हुन्छ?
– सबैभन्दा ठूलो समस्या सितगंगाको सडक हो । सितगंगाका धेरै स्थानमा सडक त पुगेका छन् । तर, ती सडक पीच हुन सकेका छैन् । यसकारणले गर्दा वर्षाको समयमा गाडी नचल्दा यहाँका नागरिकलाई समस्या भएको छ। नगरमा सडक मात्रै होइन अन्य धेरैका समस्या रहेका छन् । ती समस्या समाधान गर्नका लागि एक त सितगंगाको भूगोल नै धेरै ठूलो छ ।

यहाँको विकास प्रक्रियालाई कसरी अघि बढाउन सकिन्छ भन्नेर विज्ञहरुसँग सल्लाहासँगै मेरो अनुभवलाई त्यँहा प्रयोग गरेर विकास निर्माणदेखि सम्रग सितगंगाका समस्या समाधान गर्न गर्ने छु । अर्कोतर्फ सितगंगाको विकास गर्नका लागि ठूलो समस्या पनि छैन । ती समस्या समाधान गर्न सक्ने स्रोत पनि त्यही नै छन् । त्यँहा भएको स्रोतलाई परिचालन गरेर अघि बढाउने छुँ। यसका लागि प्रदेश सरकार र संघ सरकारसँग पनि आवश्यक समन्वय गरेर काम गर्ने छु ।

चुनावी प्रतिष्पर्धामा होमिदैँ गर्दा नगरबासीलाई के भन्न चाहानु हुन्छ?
–सितगंगाबासीलाई म के अनुरोध गर्न चाहान्छु भने तपाईहरुले मलाई माया गर्दै आउनु भएको छ । तपाईहरुको माया, ममताको कारणले नै म अहिले यहाँसम्म आएको छु । तपाईहरुले यस पटक पक्कै पनि मलाई मतदान गरेर अत्याधिक मतले विजयी गराउनु हुने छ । सितगंगाको समस्याका बारेमा धेरै नै अवगत छु । म ती समस्याहरुलाई मेरो कार्यकालमा समाधान गर्ने गरी अघि बढ्ने प्रण गर्दछु ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।