ताजा अपडेट »

भैरहवामा इण्डो-नेपाल सुरक्षा बैठक सुरु, निर्वाचन केन्द्रित बिषयमा छलफल

बुधबार, १४ बैशाख २०७९, ११ : २३
4 Shares

भैरहवा । भैरहवाको होटल बोधी रेडसनमा भारत र नेपालका उच्च प्रशासनिक अधिकारी तथा सुरक्षा अधिकारीहरुको संयुक्त बैठक सुरु भएको छ।

बैठकमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, नवलपरासीका श्रवण कुमार पोख्रेल, कपिलवस्तु धर्मेन्द्र कुमार मिश्रा एवम तिनवटै जिल्लाका प्रहरी प्रमुखहरुको उपस्थिती रहेको छ । यसै गरि भारतबाट महाराजगन्जका डिएम सत्येन्द्र कुमार, एसपी डा. कौस्तुप, सिद्धार्थनगरका डिएम सन्जिव रन्जन, ड.यसबिर सिंह तथा एसएसबी २२ बटालियन र २६ बटालियनका प्रमुखहरुको सहभागीता रहेको छ ।

बैठकमा आउदो निर्वाचनलाइ लक्षित गरि सुरक्षा ब्यवस्था एवम अन्य सुरक्षाको अवस्था बारे छलफल भइ निर्णय गर्ने श्रोतको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।