ताजा अपडेट »

तिलाेत्तमामा एमालेका चापागाईं र चाैधरीद्वारा उम्मेद्वारी दर्ता

सोमबार, १२ बैशाख २०७९, १४ : ४९
4 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमालेको तर्फबाट नगरप्रमुख मोहन चापागाई र उपप्रमुखमा जागेश्वरी चौधरीले उम्मेदवारी दर्ता गरेका छन । बाजागाजा सहित शक्ति प्रदर्शन गरेर उम्मेदवारी दर्ता गरेका हुन ।

उम्मेदवारी दर्ता पछि बोल्दै मेयरका उम्मेदवार चापागाईंले समृद्व तिलोत्तमा बनाउने अठाेट गरे । चापागाईं नेकपा एमाले रूपन्देही जिल्ला कमिटी सदस्य, प्रचार विभाग प्रमुख एवं तिलोत्तमा नगर अध्यक्ष पनि भइसकेका छन्। उपमेयरमा उम्मेदवारी दिएकी जागेश्वरीदेवी चौधरीले अघिल्लो निर्वाचनमा पनि उपप्रमुखमा निर्बाचित भएकी थिईन ।

उनले १९ हजार २ सय २४ मत प्राप्त गरि विजयी हुँदा जनमुक्तिकी गिता सारू मगर १६ हजार ६ मत प्राप्त गरी पराजित भएकी थिईन ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।