६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

गुल्मी । पद बाँडफाँटका बिषयलाइ लिएर गुल्मीको मुसिकोट नगरपालिकामा सत्ता गठबन्धन दलका कार्यकर्ताहरुमा तिब्र विवाद देखिएको छ ।
विशेषगरी वडा बाँडफाँटमा कहिले यता, कहिले उताको भगबण्डाले कार्यकर्तामा असन्तुष्टि छाएको मात्र होइन निकै आक्रोशित समेत पारेको छ।

Advertisement

शनिबार साँझसम्म वडा नम्बर २ , ५ र ७ माओवादी केन्द्रलाइ नेतृत्व दिने भनिए पछि ती वडाका सिफारिसमा परेका उमेदवारहरुले शुभेच्छुकहरुको बधाई खाए , शुभकामना पाए । त्यस्तै अन्य वडा सहित वडा नम्बर ३ काङ्ग्रेसले पाउने भने पछि सिफारिसमा परेका उम्मेदवार झबिलाल भण्डारीले पनि आइतबार अपरान्हसम्म बधाई खाए शुभकामना पाए ।

काङ्ग्रेसकै अर्का दाबेदार ज्ञान बहादुर जिसिले आफूले काङ्ग्रेसबाट टिकट नपाए पछि सबै भन्दा पहिला पुगेर स्वतन्त्र उम्मेद्वारी मोनयन गर्न पुगे । अघिल्लो निर्वाचनमा एमालेका कर्णध्वज जिसिसँग जम्मा दुई मतले हार ब्यहोरेका घाइते पात्र हुन् झबिलाल भण्डारी ।चोट माथी चोट भने झै फेरि उनी दोस्रोपटक घाइते भए । मुसिकोट नगरपालिकामा काङ्ग्रेसको नेतृत्व सम्हाल्दै आएका उनी केही महिना अघि

सम्पन्न नगर अधिवेशनमा दोस्रोपटक घाइते भए अर्थात् आफू भन्दा धेरै कान्छा र नयाँ कार्यकर्ता मोहन घिमिरेबाट हारे । भण्डारी माथि गुटको राजनीति तेस्रो आक्रमण थियो बल्ल बल्ल पाएको टिकट विरुद्ध आफ्नै कार्यकर्ताद्वारा स्वतन्त्र उमेदवारी दिनु वा दिन उक्साइनु ।

त्यसको पनि प्रवाह नगरी आफूले चुनाव जित्ने अठोटका साथ उनी आइतबार दिउँसोसम्म वडा नम्बर ३ को केन्द्र ठुलोपोखरामा बसेर माओबादी केन्द्र सहित सत्ता गठबन्धन दलका साथीहरुसँग नाम मागेर प्यानल घोषणाको तयारीमा थिए ।

त्यही क्रममा उनी र वडा सभापति हरिप्रसाद घिमिरे सहित टोली मुसिकोट नगरपालिकाको केन्द्र वामिटक्सार तिर लाग्यो । उता वडा नम्बर २ बाट माओबादी केन्द्रका युवा नेता प्रकाश चालिसे वडाध्यक्षका उमेदवार हुने भने पछि आइतबार अपरान्हसम्म उनाइ बधाई दिनेहरुको फोन उठाई साध्य थिएन ।

माओबादी केन्द्रले मुसिकोट तर्फको डाडोलाइनका चार वटा वडा मध्ये १ , २ वा ३ मागेको थियो । बढी जोड १ र ३ मा गरिए पनि अन्तत माओबादी केन्द्रले २ मै चित्त बुझाएर चुनाव लड्ने तयारी भएको सो पार्टीका मुसिकोट नगर कमिटी सचिवालयका सदस्य दुर्गा खड्का बताउँछन्।

तर, वडा नम्बर २ नछाड्ने त्यहाँको काङ्ग्रेसको। अडानको सिकार हुन पुगे उनै वडा नम्बर ३ का काङ्ग्रेस उमेदवार भण्डारी ।
साझपख एउटा अप्रत्याशित खबर आयो । वडा न्स्म्बर २ माओबादीले नपाउने भयो । ३ काङ्ग्रेसको सट्टा माओबादीले पाउने भयो ।

त्यस पछि माओबादी उमेदवार दुर्गा खड्काको फोन उठाइ नसाध्ये हुन थाल्यो । यसरी वडा नम्बर ३ को काङ्ग्रेस सख्त पीडामा परिरहेको बेला छिमेकी काङ्ग्रेसले खुशियाली मनाउदै राती मै घोषणा सभाको आयोजना गर्यो ।

जहाँ अन्य सबै दलका कार्यकर्ता सहभागी भए नि अपरान्हसम्म वडाध्यक्ष पाएर साझ गुमाएको माओबादी केन्द्रको नेतृत्व त्यहाँ देखा परेन । नेताहरुले फोनमा बोलाउँदा भिषण आगलागी भएर निभाउन लाग्दैछौ भन्दै थिए । पछि बुझ्दा बनको भन्दा मनको भिषण चुनावि आगो निभाउने अर्थात् नेतृत्व प्रती आक्रोश पोख्न घोषणा सभा बहिस्कार गरिएको रहेछ।

माओबादी केन्द्र प्रदेश कमिटि सदस्य तथा बार्ता टोलि संयोजक खुम बहादुर थापा भन्दै थिए उता काङ्ग्रेसमा त्यस्तो छ , यता माओबादिमा यस्तो छ , उफ… । अन्तत काग्रेसले वडा नम्बर २ मा २६ बर्षिय कार्यकर्ता रबिन्द्र केसीलाई वडाध्यक्षको उमेदवार बनायो । माओबादिले एउटा दलित महिला सदस्य मै चित्त बुझायो ।

एउटा दलले उमेदवार छान्दा त कस्तो रडाको मच्चिएको छ ? एकीकृत समाजबादी बाट उप मेयरको साझा उमेदवार श्रीराम महत भन्दै थिए झन् पाँच दलको उमेदवार मिलाउन कति गार्हो होला ? ढिला हुनुको र कतिपयमा असन्तुष्टिको कारण यहि बुझी दिनु होला ।
काङ्ग्रेसबाट मेयरका साझा उमेदवार हरिनारायण सापकोटा भन्दै थिए गठबन्धनका कारण जो जो साथीहरु अन्यायमा पर्नु भएको छ उहाँहरुको उच्च मूल्यांकन हुनेछ ।

विशेष गरि चोट माथि चोट सहेका उनै झबिलाल भन्डारी प्रती अधिकाम्सको सहानुभूति थियो । अघिल्लोमा जम्मा दुई भोटले हार्नु , अहिले टिकट पाएर पनि चुनावी रिङ्ग भित्र छिर्न नपाउनु भण्डारीको सहनशक्तिलाई धेरैले साधुबाद भन्दै पार्टीको सच्चा सिपाही र त्यागी नेताका रुपमा उनको चर्चा परिचर्चा गर्न थालिएको छ ।आज मनोनयनको अन्तिम दिन कांग्रेसले तीनै वडामा मनोनयन दिन जाँदैछ ।

प्रतिकृया दिनुहोस्

Flash News

छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ