ताजा अपडेट »

एमालेले अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न जग्गा एकीकरण प्रणालीलाई प्रवद्र्धन गर्ने

शुक्रबार, ०९ बैशाख २०७९, १७ : १०
6 Shares

काठमाडौं । नेकपा एमालेले अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न जग्गा एकीकरण प्रणालीलाई प्रवद्र्धन गर्ने जनाएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी एमालेले शुक्रबार सार्वजनिक गरेको घोषणापत्रमा उक्त कुरा उल्लेख गरिएको छ । 

‘अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने । यसका लागि सार्वजनिक–निजी साझेदारी ढाँचा अवलम्बन गर्ने । जग्गा एकीकरण प्रणाली (ल्याण्ड पुलिङ) लाई प्रवद्र्धन गर्ने । नयाँ, आधुनिक र हरित सहरको विकासका लागि व्यवस्थित योजना तर्जुमा र कार्यान्वयन गर्ने,’ घोषणापत्रमा एमालेले भनेको छ ।

प्रत्येक नागरिकलाई सुरक्षित आवासको हक सुनिश्चित गर्दै एकीकृत वस्ती, योजनाबद्ध सहरी विकास र विकसित पालिका निर्माण गर्ने प्रतिवद्धता एमालेले गरेको छ । जोखिममुक्त आवास र वस्ती निर्माणका लागि राष्ट्रिय भवन सहिता तथा वस्ती विकास सम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयन गर्ने पनि घोषणापत्रमा उल्लेख छ । 

‘सार्वजनिक जग्गा संरक्षण तथा व्यवस्थापन गर्ने । सार्वजनिक जग्गा अतिक्रमण र कब्जा गर्नेहरूमाथि कानूनी कारवाही गर्दै त्यस्ता जमिन सार्वजनिक स्वामित्वमा ल्याउने,’ घोषणापत्रमा भनिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।