ताजा अपडेट »

जसपाद्वारा प्यूठानका ६ पालिकामा उम्मेद्वार घोषणा

शुक्रबार, ०९ बैशाख २०७९, १६ : ५३
17 Shares

बुटवल । जनता समाजवादी पार्टीले प्यूठानका ६ पालिकामा उम्मेद्वारहरुको घोषणा गरेको छ । शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले जिल्लाका ६ पालिकामा उम्मेद्वारहरुको नाम घोषणा गरेको हो ।

पार्टीले प्युठान नगरपालिकाको मेयरमा कर्णध्वज के.सी. उठाउने भएको छ । केसी जसपाका केन्द्रिय सदस्य समेत हुन् । सरुमारानि गाउँपालिकाको अध्यक्षमा घमानसिङ्ग गुरुङ र उपमेयरमा अनिसा पुनलाई पार्टीले अगाडी सारेको छ । गुरुङ जसपाका केन्द्रिय सदस्य हुन् ।

यस्तै पार्टीले स्वर्गद्वारी नगरपालिकाको मेयरमा सरिता खनाल र उपमेयरमा लुमाराम भण्डारी, सरुमारानि गाउँपालिकाको अध्यक्षमा घमानसिङ्ग गुरुङ र उपमेयरमा अनिसा पुन, ऐरावति गाउँपालिकाको अध्यक्षमा मुक्त जिएम र उपाध्यक्ष राधा थापा, झिम्रुक गाउँपालिकाको अध्यक्षमा कुलचन्द्र पोख्रेल र उपाध्यक्षमा रचना थापा र मल्लारानि गाउँपालिकाको अध्यक्षमा मधब शर्मालाई उठाउने पार्टीले निर्णय गरेको छ ।

यस्तै बैठकले प्युठान नगरपालिका, सरुमारानि गाउँपालिका, ऐरावति गाउँपालिकाका वडा अध्यक्षहरुको नाम पनि घोषणा गरेको छ । बाँकी पालिका र वडाहरुको उम्मेद्वार पछि तय गरेपछि सार्वजनिक गरिने जसपाका युवा नेता विमल गिरीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।