ताजा अपडेट »

तुलसीपुरको उपमेयरमा नेकपा एसबाट जोगवहादुर राना

शुक्रबार, ०९ बैशाख २०७९, १५ : ३८
8 Shares

दाङ । नेकपा समाजवादीले तुलसीपुर उपमहानगरपालिको उपमेयरको उमेदवार जोगबहादुर रानालाई बनाउने भएको छ । उपमेयरका लागि रानाको नाम केन्द्र बाट अनुमोदन भएर आइसकेको समाजवादी दाङका प्रचार बिभाग प्रमुख दिपक कुमालले जानकारी दिएका छन् ।

सत्तारूढ पाँच दलीय निर्णय अनुसार तुलसीपुर उपमहानगरपालिकामा उपमेयरको भाग नेकपा समाजवादीलाई परेको छ भने मेयर कांग्रेसलाई परेको छ । काँग्रेसले मेयरको उमेदवार छनोट गर्न अझै सकेको छैन् । समाजवादी दाङले उपमेयरकालागि राना सहित डिल्ली डाँगी र जानका रेग्मीको नाम सिफारिस गरेको थियोे ।

राना समाजवादीका केन्द्रीय सदस्य तथा दाङ इन्चार्ज हुन् । उनी एमाले दाङका उपाध्यक्ष र कार्यवाहक अध्यक्ष भइसकेका व्यक्ति हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।