ताजा अपडेट »

‘स्वास्थ्य प्रति सजग गराउन प्रतियोगिता आयोजना गरेका हौँ’

शुक्रबार, ०९ बैशाख २०७९, १५ : ०२
4 Shares

रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा शनिवार १० औँ संस्करणको बुटवल श्री अन्तर प्रदेश स्तरिय शारीरिक सुगठन प्रतियोगिता–२०७९ हुँदै छ । बि.सं. २०६५ सालदेखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको बुटवल श्री अन्तर प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिता कोरोना महामारीका कारण २ वर्ष हुन सकेन ।

कोरोना संक्रमण जोखिम कम भएसँगै २ वर्षसम्म रोकिएको सो प्रतियोगिता शनिबार बुटवलको देविनगर स्थित नविन औद्योगिक विद्यालयको सभाहलमा हुँदै छ । प्रतियोगितामा लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्च्मि प्रदेश भित्र रहेका जिम, क्लब, संघ संस्थाका सय बढी खेलाडीहरु प्रतियोगितमा भाग लिने छन् । यसै सन्दर्भमा रहेर रुपन्देही शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष सितुप्रसाद श्रेष्ठसँग ग्लोबल आवाजका लागि बसन्त आचार्यले गरेको कुराकानीः

–बुटवल श्री आजोजना गर्नुको उद्धेश्य के हो ?
शारीरिक सुगठन खेल प्रतियोगिता यस जिल्लामा आयोजना गर्नुको पछाडि एउटा प्रमुख उद्देश्य भनेको भविष्यका कर्णधार युवाहरु आज लागु पद्धार्थको दुव्र्यशन तथा एच.आई.भि./एडस् जस्ता महामारीबाट पिडित रहेको देख्दा तथा सुन्दा हामी सामान्यतया दुखित मात्र हुने गछौं । तर त्यसबाट युवा पिडिलाई सचेत गराउने र आफ्नो स्वास्थ्य प्रति सजग गराउन खास उपाय तथा प्रयास उल्लेखनिय रुपमा हुन सकिरहेको खासै देखिदैन ।

वर्तमान अवस्थामा युवाहरुलाई त्यस्ता कुलतबाट जोगाउनुका साथै यस खेल प्रति आर्कर्षित गराई स्वस्थ्य रही असल नागरिक बन्न पे्ररणा दिई दुव्र्यशनमुक्त समाजको निमार्णका साथै युवाहरुमा यस खेल प्रति आकर्षण बढाइ राष्ट्यि तथा अन्तराष्ट्यि खेलाडी उत्पादन गराउने उदेश्य राखेका छौं । स्वस्थ्य व्यक्ति भित्र स्वच्छ सोच्ने शक्ति हुनुका साथै स्वच्छ समाजको निर्माण स्वच्छ राष्ट्को निमार्णको लागि तन, मन र धनले समर्पित भई योगदान दिन सक्ने भएकोले स्वच्छ जीवनको लागि शारीरक व्यायाम अतिनै आवश्यक कुरा हो ।

यही शारीरिक व्यायाम पछि स्वास्थ्य र सुगठित शरिरको बनोट कस्तो हुनु पर्दछ ? एवं शारीरिक सुगठन खेलको प्रचार प्रसार र यस क्षेत्रमा लागेका व्यक्तिलाइ थप प्रोत्साहन र खेल भावना जागृत गर्दै सम्पुर्ण जनमानसमा यस खेल प्रति आर्कषण गराउनु नै यस कार्यक्रमको उद्धेश्य हो।

–प्रतियोगिताको तयारी के–कसरी भइरहेको छ?

प्रतियोगिताको तयारी त शतप्रतिशत नै पुरा भइसकेको छ । प्रतियोगितामा भाग लिनका लागि विभिन्न प्रदेशका खेलाडी बुटवल आइसक्नु भएको छ । प्रतियोगिता हामीले आज र भोलि सञ्चालन हुने भन्ने पनि प्रतियोगिताको मुख्य दिन भनेको त भोलि नै हो । प्रतियोतिाको दिन नै फारम नाम दर्ता गर्दा अहिले असहज होला भनेर । प्रतियोगिताको अघिल्लो दिन नै फारम बुझाउने व्यवस्था गरेका हौँ । प्रतियोगितामा सहभागि हुने खेलाडीले शुक्रबार ३ बजेपछि आफ्नो फारम आज नविन मा बि बुटवलमा बुझाउन पाउनु हुने छ । रुपन्देही जिल्लाका हकमा हिजोदेखि नै फारम खुल्ला गरिएको छ । आयोजकका तर्फबाट गर्नु पर्ने सबै काम सकेका छौँ ।

–प्रतियोगितामा कतिले सहभागिता जनाउँदै छन्?
प्रतियोतिमा लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्च्मि प्रदेश भित्र रहेका जिम, क्लब, संघ संस्थाबाट करिब १५० भन्दा बढी खेलाडीको सहभागिता रहने छ । एउटा जिमबाट एक वजन समूहमा बढीमा एक खेलाडी गरी ६ जना खेलाडीले मात्रै भाग लिन पाउने र एक जना टिम मेनेजरले टिमको प्रतिनिधित्व गर्नु पर्ने व्यवस्था गरेका छौँ । यो प्रतियोतिा शारीरिक सुगठनको प्रतिष्ठित प्रतियोगिता धर्मश्री पछिको निरन्तर सञ्चालन हुँने प्रतियोगिता समेत हो ।

– यो खेल कसरी सञ्चालन हुन्छ नि?

विषेशतः यो प्रतियोगिता ६ वटा वजन समूहमा सञ्चालन हुन्छ । ५५, ६०, ६५, ७०, ७५ र ७५ केजि भन्दा बढी तौल समूह गरी ६ वटा वजन समूहमा प्रतियोतिा हुन्छ । म्युजिक राउण्ड प्रत्येक खेलाडीले बढीमा १ मिनेट समय सम्मको धुनमा आफनो ऐच्छिक आसन देखाउन पाउने छन्।

–प्रतियोगिताको आवश्यक खर्च व्यवस्थापन कसरी गर्दै हुनु हुन्छ? विजेतालाई पुस्कारको पनि व्यवस्था होला नि?

पक्कै पनि प्रतियोगिता सम्पन्न गर्नका लागि आर्थिक सबैभन्दा महत्वपुर्ण पक्ष हो तसर्थ आवश्यकता पर्छ नै । हामीहरुलाई विभिन्न संघ संस्थाले पनि सहयोग गर्नु भएको छ । विभिन्न जिम क्लबले पनि सहयोग गर्ने प्रतिबद्धता आएको छ ।

बुटवल उपमहानगरपालिका यस प्रतियोगिताको संरक्षक समेत हो । सुरुमा प्रतियोगिता आयोजना गर्दा पुरस्कार १५ हजार मात्रै थियो । अहिले प्रतियोगिताको वजन समूहका बिजेता खेलाडीहरु बिच हुने ओभरअलमा बिजेता हुने खेलाडीले नगद १ लाख सहित ट्रफि, उपहार र व्यानेटको व्यवस्था गरेका छौँ । उपविजेता पाँच जनाका लागि नगद १० हजारसहित ट्रफि र उपहारको व्यवस्था गरेका छौँ।

यस्तै प्रत्येक वजन समूूहमा द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः नगद ५ हजार, ३ हजार, मेडल र प्रमाणपत्र पाउने छन् । यो प्रतियोगिता सम्पन्न गर्नका लागि करिब ८ लाख खर्च लाग्ने अनुमान गरेका छौँ । साथै प्रतियोतिमा सहभागि हुने खेलाडीका लागि आवास र खाना खर्च वापत रकम उपलब्ध गराइने छ ।

–प्रतियोगिताको १० औँ संस्करण आइपुग्दा के कस्ता अवसर र चूनौति के पाउनु भयो नि?
कुनै पनि प्रतियोगिता सम्पन्न गर्नका लागि धेरै चूनौतिहरु हुने गर्छन । यस प्रतियोगिताबाट उत्पादन भएका धेरै खेलाडीहरु राष्ट्रिय अन्तराष्ट्रिय प्रतियोगिता जित्दा धेरै नै खुसि लाग्छ । हामीले पहिलो बुटवल श्री को रुपमा हामीले विकास चौधरीलाई पायोँ ।

रुपन्देही शारीरिक सुगठन तथा फिटनेश संघका साथिहरु सक्रिय रुपमा प्रतियोगिता सम्पन्न गर्नका लागि खट्नु भएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि यसपटक देशको कोभिड पछीको आर्थिक व्यवस्थामा चलिरहेको मन्दीले निकै असहज पार्यो । खर्च व्यवस्थापन गर्नका लागि केही दुःख भएता पनि प्रतियोगिताबाट उत्पादन खेलाडीले राम्रो गरेको देख्दा हामी धेरै खुसि छौँ ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।