ताजा अपडेट »

नवलपुर जेसीजद्वारा खाद्यान्य वितरण

बुधबार, ३० चैत्र २०७८, २२ : ४२
4 Shares

नवलपुर । नवलपुर जेसीजले खाद्यान्य वितरण तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ । नव वर्ष २०७९ को सालको अवसर पारेर मौलाकालीका अपाङ्ग सेवा संस्था कावासोती ८ मा खाद्यान्य वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

नवलपुर जेसीज वर्ष २०२२ का अध्यक्ष राधिका भूसालको अध्यक्षता एवम् कावासोती नगरपालिका वडा न ८ का वडा अध्यक्ष आनन्द गुरुङ्गको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बाल्दै प्रमुख आतिथि गुरुङ्गले शारीरिक रूपमा अपाङ्ग रहेका व्यक्तिहरूलाई खाद्यान्य सामाग्री वितरण गरेर संस्थाले पुन्यको काम गरेको बताउनु भयो । उहाँले जेसीजले व्यक्तित्व विकास संगै नागरिकको हितका निम्ति कार्य गरेकोमा ध्रन्यवाद व्यक्त गर्नुभएको थियो ।

वि.सं.२०७३ सालमा स्थापना भै संचालनमा रहेको उक्त अपाङ्ग आश्रममा अति विपन्न परिवारका २२ जना अपाङ्ग बालबालिकाहरूलाई जेसीजद्वारा चामल, दाल, तेल, तथा खाजा वितरण गरिएको हो । साथै उक्त कार्यक्रममा नवलपुर जेसीजले वर्ष २०७९ सालको भित्तेपात्रोका विमोचन गरेको छ ।

दिगो विकासको लक्ष्यमा आधारित रहेर काम गर्दै आइरेको नवलपुर जेसीजले नव वर्ष २०७९ को अवसरमा रिसोलुसनःवाइप आउट हङ्गर कार्यक्रम गरेको नवलपुर जेसीका अध्यक्ष राधिका भुसालले बताउनुभयो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।