ताजा अपडेट »

लगातार जित निकाल्दैँ आर्मी अर्को चरणमा, यस्तो छ सेमी–फाईनलको समीकरण

बुधबार, ३० चैत्र २०७८, १७ : ४९
6 Shares

भैरहवा । लेग स्पिनर शेनवार्नको सम्झनामा भैरहवामा जारी प्रोे च्याम्पियन्स लिगमा नेपाल आर्मीले लगातार तेश्रो जित निकालेको छ । बुधबार भएको खेलमा आर्मीले उत्तर प्रदेश–११ लाई ७ विकेटले पराजित गर्दै सेमी–फाईनलमा स्थानमा पक्का बनाएको छ ।

पहिलो फिल्डिङ्गको निर्णय गरेको आर्मीले युपी–११ लाई १ सय १४ रनमा रोकेको थियो । युपीको लागी सुभम चौधरीले सर्वाधिक २७ रन बनाएका थिए । यस्तै राज यादव र नितिन रामले समान २१÷२१ रनको योगदान गरेका थिए । बलिङ्गमा आर्मीका सुशान भारी, जितेन्द्र मुखिया र हरि चौहानले २/२ विकेट बाडेका थिए ।

१ सय १५ रनको लक्ष्य आर्मीले १८ दशमलव ४ ओभरमा मात्र ३ विकेटको क्षतिमा भेट्टाया । आर्मीका लागी रोहित पौडेलले सार्वाधिक ३० रन बनाए भने भिम सार्कीले अविजित २६ रन र सन्तोष कार्कीले २० रन बनाएका थिए । बलिङ्गमा युपीका विपिन चन्द्र, तेजस सिंह र राहुल कुमारले १/१ विकेट लिए ।

समूह बी मा रहेको नेपाल आर्मी ३ खेल भएकोमा सबैमा अविजित रहेको थियो । तालीकामा ६ अंक सहित शिर्ष स्थानमा रहेको आर्मी सेमी फाइनलमा प्रवेश गरेको छ । यस्तै आर्मीसंग हार ब्यहोरे पनि युपी–११ पनि ४ अंकका साथ सेमी फाइनल प्रवेश गरेको छ । बुधबार नै सम्पन्न भएको समूह ए अन्र्तगतको अन्तिम खेलमा रुपन्देही–११ पुस स्पोर्टस क्लबसंग ४ विकेटले हारे पनि सेमीफाईनलमा पुगेको छ ।

सुरुमा ब्यटिङ रोजेको रुपन्देहीको लागी ओपनिङ्ग सुखद हुन सकेन । रुपन्देहीका प्रारम्भिक ब्याटरहरु धमाधम पेभेलियन फर्किन थालेको उसका लागी बसिर अहमदले केही आशा जगाएका थिए । यस्तै बिशाल बिक्रम केसीले २९ रनको योगदान गरे । बलिङ्गमा बलियो देखिएको दिल्लीका ५ नियमित बलरले समान २/२ विकेट लिएका थिए । १ सय ४ रन लक्ष्य रहेको दिल्लीले १८ ओभरमै ६ विकेट गुमाउदै लक्ष्य प्राप्त ग¥यो ।

आज जित निकाले पनि दिल्ली नेट रनरेटको आधारमा प्रतियोगिताबाट बाहिरिएको छ । समूह ए अन्र्तगत ३ मध्ये २ खेल जितेको मलेशिया–११, ० दशमलव ५३ रनरेट र २ खेल नै जितेको रुपन्देही–११ पनि ० दशमलव ३९७ रनरेटको साथ क्रमशः पहिलो र दोश्रो हुदै सेमी फाईनलको यात्रामा पुगेका छन् । यसै गरि २ खेल नै जिते पनि पुस स्पोर्टस क्लब दिल्ली ऋणात्मक रनरेटको कारण प्रतियोगिताबाट बाहिरिएको छ । भोली सेमीफाईनलको खेल हुनेछन् । जसमा मलेशिया–११ र युपी–११ तथा रुपन्देही–११ र नेपाल आर्मी भिड्नेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।