ताजा अपडेट »

नेपालमा संघीय शासन प्रणाली छोटो अभ्यासबाटै असफलः जनमोर्चा (घोषणापत्रसहित)

बुधबार, ३० चैत्र २०७८, १७ : ४५
26 Shares

बुटवल । राष्ट्रिय जनमोर्चाले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरी संघीयता खारेज गरौँ भन्ने मूल नारा लिएको जनमोर्चाले चुनावमा भने ५ दलीय गठबन्धनबाटै अगाडि जाने जनाएको छ ।

एमसीसी पारित भएपछि ५ दलीय गठबन्धनमा सरकारलाई सहयोग नगरे पनि चुनावमा सत्ता गठबन्धनकै साथमा भाग लिने जनाएको छ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुटवलमा आगामी स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै नेपालमा सङ्घीय शासन प्रणाली छोटो अभ्यासबाटै असफल भएको पुष्टि भइसकेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।