ताजा अपडेट »

अर्घाखाँचीमा ट्रयाक्टरबाट खसेर १२ वर्षीया बालिकाको मृत्यु

बुधबार, ३० चैत्र २०७८, १५ : १७
2 Shares

अर्घाखाँची ।  अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ मा आज गुडिरहेको ट्रयाक्टरबाट खसेर एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय रोम बहादुर कुमालकी १२ वर्षीया छोरी नहमुना कुमाल रहेकी छिन् । दुर्गाफाटबाट ढुङ्गा लिएर आउँदै गरेको लु २ त ९३७१ नम्बरको ट्रयाक्टरबाट खस्दा उनलाई सोही ट्रयाक्टरले किचेको थियो । ट्रयाक्टर सहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।