ताजा अपडेट »

पश्चिम नवलपरासीबाट ९७ वटा अख्तियारमा उजुरी

विहीबार, १७ चैत्र २०७८, २१ : ४७
2 Shares

परासी । भ्रष्टाचार नियन्त्रण तथा सुसासन प्रवद्धन सम्बन्धी एक दिवसीय जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम रामग्राम नगरपालिकाको सभाहलमा आज सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको आयोजना रहेको थियो ।

यस आर्थिक वर्षमा पश्चिम नवलपरासीबाट ९७ उजुरी परेको सबैभन्दा बढी स्थानीय तहका मात्र ७० वटा उजुरी रहेको बताए। उजुरीमध्ये ३१ वटा फर्छौयोट हुन बाँकी रहेको बताए। पाल्हीनन्दन गाउँपालिकाबाट परेको छ।पाल्हीनन्दन गाउँपालिकाबाट परेको २० वटा उजुरी मध्ये १८ वटा मुद्दा फैसला र २ बटा बाकी रहेको छ। बर्दघाट नगरपालिकाबाट परेको १८ वटा मुद्दा १० फैसला र ८ बटा बाकी रहेको छ।

रामग्राम नगरपालिकामा ११ वटा उजुरी मध्य ९ वटा फैसला र२ बाकी रहेको छ।सरावल गाउँपालिकामा ९बटा उजुरी मध्य ७ फैसला र २ वटा बाकी रहेको छ। सुनवल नगरपालिकामा ६ वटा उजुरी मध्ये ५ फैसला र १ बाकी रहेको छ। प्रतापपुर गाउँ पालिकामा ५ उजुरी मध्ये ३ फैसला र २ बाकी रहेको छ। सुस्ता गाउँ पालिकामा १ मात्र मुद्दा परेको छ र फैसला हुन बाँकी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख शिवशंकरप्रसाद रायले कर्मचारी तथा जनप्रतिनिधिहरूले भ्रष्टाचार गर्न नहुने बताए। सपथ खाएर पनि पैसा आउने स्थानमा सरुवा गरेर जान लालायित कर्मचारीले राज्यको सुविधा लिएर पनि भ्रष्टाचार गरेको बताए | भागबण्डाको आधारमा नियुक्ति गर्दा भ्रष्टाचार मौलाएको रायले बताए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय आयुक्त डा० सुमित्रा श्रेष्ठ अमात्यले नेपालमा गरीब र धनीको बीचमा खाडल भ्रष्टाचारका कारणले बताइन्। जनप्रतिनिधि र कर्मचारीले नागरिक प्रति राष्ट्रसेवकको आचरण देखाउन सकेमा भ्रष्टाचार न्यूनिकरण गर्नसकिने बताइन्। विभिन्न कार्याालयमा विचौलियाका कारण ठूला-ठूला भ्रष्टाचार बढेकाले नेपाललाई डिजिटल नेपाल बनाउन सके भ्रष्टाचारलाई अन्त्य गर्न सकिने बताइन्।

रामग्राम नगरपालिका मेयर नरेन्द्र कुमार गुप्ताले भ्रष्टाचार रोकथाम गर्न संयन्त्रको निर्माण र नितिमा परिवर्तन गर्नुपर्ने बताए। विचौलियाको कारणले बढीको हुँदा यस्तो भ्रष्टाचार गर्नेलाई सार्वजनिक रूपमै कडा सजाए दिन सकेमा कमी आउने र प्रविधि मैत्री संयन्त्रको निर्माण गर्न सकेमा सेवाप्रदायक कार्यालयबाट भ्रष्टाचार हट्ने बताएका थिए।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले भ्रष्टाचार न्यूनीकरण गर्न कार्यालयमा नागरिक वडापत्र, उत्ज़री पेटिका , गुनासो सुन्ने निकाय, मासिक फारवाटी सार्वजनिक गर्ने काम गरेको बताए। जिल्लामा विचोलिया मुक्त गराउन अनलाइन मार्फत व्यावहारमा प्रतिवद्ध हुन जिल्लाका कर्मचारीलाई निर्देशन दिए ।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल