ताजा अपडेट »

यातायात कार्यालयमा सेवाग्राहीलाई दुःख दिने कार्यमा संलग्न १५ जना पक्राउ

विहीबार, १७ चैत्र २०७८, १३ : १४
6 Shares

ललितपुर । ललितपुर यातायात कार्यालयमा आएका सेवाग्राहीलाई दुःख दिने कार्यमा संलग्न रहेको आरोपमा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–४ बागडोल बस्ने खोटाङ दिक्तेल घर भएकी १९ वर्षीया इनिमाया राई समेत १५ जना छन् । 

ललितपुर महानगरपालिका–१३ कुसुन्तीस्थित यातायात व्यवस्था कार्यालय परिसर तथा बाहिर समेत अनाधिकृत रुपमा मानिसहरु भेला भई कार्यालयमा आउने सेवाग्राहीहरूलाई अनावश्यक रुपमा उनीहरुले दुःख दिएको प्रहरीले जनाएको छ । उनीहरुले कार्यालयको काममा समेत बाधा अवरोध पु¥याएको प्रहरीको भनाइ छ ।    

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।