ताजा अपडेट »

पिएनजीविरुद्ध नेपाल टस हारेर ब्याटिङमा, आदिलको डेब्यु

विहीबार, १७ चैत्र २०७८, १२ : ४३
6 Shares

काठमाडौं । त्रिदेशीय टी–२० शृंखलाको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)विरुद्ध टस हारेर ब्याटिङ गर्ने भएको छ । कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेको हो । नेपाल लगातार तेस्रो जितको खोजीमा छ । 

पहिलो खेलमा सोमबार पीएनजीलाई १५ रनले पराजित गरेको नेपालले बुधबार मलेसियालाई ६ विकेटले पराजित भएको थियो । पीएनजी शृंखलामा पहिलो जित निकाल्ने लक्ष्यमा छ । पहिलो खेलमा नेपाललाई नतिजा सुम्पिएको उसले दोस्रो खेलमा मलेसियासँग आठ रनले पराजित भएको थियो ।

दुई खेलमा शीर्ष स्थानको नेपालको चार अंक छ भने समान दुई खेलमा दोस्रो स्थानको मलेसियाको दुई अंक छ । पीएजनी भने अंकविहीन छ । पीएनजीविरुद्धको खेलसँगै नेपालका आदिल खानले सिनियर टोलीबाट डेब्यु गर्दै छन् । पछिल्लो दुई खेलमा अवसर पाएका कुशल मल्ललाई भने बिहीबार आराम दिइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।