१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

किभ । युक्रेनी सैनिकहरूले रूसी युद्धबन्दीहरूलाई खुट्टामा गोली हानेको भनिएको एउटा भिडियो फुटेजको युक्रेनी अधिकारीहरूले अनुसन्धान गरिरहेका बताएका छन् । आइतबार बिहान पहिलो पटक सार्वजनिक भएपछि सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

Advertisement

यसलाई विभिन्न प्लेटफर्महरूमा रुसी समर्थकले पुनः पोस्ट गरेका छन् । रूसी कैदीहरूलाई युक्रेनले गरेको व्यवहारलाई बदनाम गर्न रुसले ‘नाटकीय भिडियोहरू बनाएर वितरण गरिरहेको’ युक्रेनी सशस्त्र बलका कमाण्डर–इन–चीफ भालेरी जालुज्नीले दाबी गरेका छन् । 

तर, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार ओलेक्सी एरेस्टोभिचले त्यसबारे तत्काल अनुसन्धान हुने बताएका छन् । उनले भने, ‘म हाम्रा सबै सेना, नागरिक र रक्षा बलहरूलाई सम्झाउन चाहन्छु कि युद्ध बन्दीहरूलाई दुर्व्यवहार गर्नु युद्ध अपराध हो । ’ 

युक्रेनमा राष्टसंघको मानव अधिकार अनुगमन मिसनका प्रमुख माटिल्डा बोगनरले भिडियोको छानबिन गरिने बताइन् ।

के छ भिडियोमा ?
भिडियोमा कब्जा गरिएका सिपाहीहरू जमिनमा देखिन्छन् । उनीहरूमध्ये धेरैको टाउकोमा झोला छ र घाइते खुट्टाबाट रगत बगिरहेको देखिन्छ । उनीहरू कहिले र कसरी घाइते भए भन्ने प्रष्ट छैन् ।

भिडियोको एउटा अंशमा तीन जना मानिसलाई गाडीबाट बाहिर ल्याइन्छ र एक सिपाहीले हतियारले खुट्टामा गोली हानेको देखिन्छ ।-एजेन्सी

प्रतिकृया दिनुहोस्

Flash News

नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड सरकारमा बसेकाहरूप्रति चरम निराशा हुँदा आत्मदाहको घटना : नैनसिंह महर बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, ४ सय घरमा क्षति माया खोला हाइड्रोपावरकाे आईपीओ खुला श्रीधर र शान्तिको ‘कपालै कोरीमा’ सार्वजनिक एकैदिन तोलामा ११ सयले घट्यो सुनको मूल्य तिलोत्तमामा वासेबल प्याड बनाउने तालिम गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु, आज नै निर्णय आउने सम्भावना सिरहामा वन कर्मचारीकै मिलोमतोमा काठ तस्करी लोकदोहोरी गायक भीम पौडेलको निधन जापानी मेयरलाई चिन्डो उपहार ग्याङ्स अफ वासेपुरलाई किन बिर्सन चाहन्छन् अनुराग अनेरास्ववियूले जलायो शिक्षामन्त्रीको पुत्ला आजकाे हरियो तरकारी र फलफूलको मूल्य राष्ट्रपति चयनमा पनि कांग्रेस पराजित हुन्छ: एमाले प्रचार विभाग उपप्रमुख रिजाल मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु राष्ट्रिय सभाको बैठक बस्दै हट्यो होटल र रेस्टुरेन्टको सेवा शुल्क