ताजा अपडेट »

पूर्वमुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव एमालेमा प्रवेश गर्दै

विहीबार, १७ चैत्र २०७८, ११ : ४७
10 Shares


काठमाडौं । पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्य नेकपा एमाले प्रवेश गर्ने भएका छन् । 

नेकपा माओवादी केन्द्रबाट विजयी भई मुख्यमन्त्री सम्हालेका शाहीका प्रमुख स्वकीय सचिव आचार्यलाई पार्टीमा प्रवेश गराउन एमाले अध्यक्ष केपी ओली कालिकोट पुगेका छन् । कालिकोटको म्यान्ममा आयोजना हुने पार्टी प्रवेश कार्यक्रम मार्फत ओलीले माओवादी, कांग्रेसका नेताहरूलाई पार्टी प्रवेश गराउने कार्यक्रम छ ।

ओलीले दैलेखको दुल्लु, जुम्लाको सिंजामा पनि पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।