ताजा अपडेट »

राष्ट्रिय जनसाहित्यिक संघ लुम्बिनी प्रदेश अध्यक्षमा डा.पन्थ

विहीबार, १७ चैत्र २०७८, ११ : ४४
4 Shares

बुटवल। राष्ट्रिय जनसाहित्यिक संघ लुम्बिनी प्रदेशको अध्यक्षमा डा.नारायणप्रसाद पन्थ चयन भएका छन् । बुटवलमा सम्पन्न अधिवेशनले पन्थको अध्यक्षतामा २१ सदस्यीय नेतृत्व चयन भएको हो।

उपाध्यक्षमा हुमनाथ आचार्य, सचिवमा पुुरूषोत्तम पाण्डेय, कोषाध्यक्षमा श्याम चिस ,उपसचिवमा फणिन्द्र आचार्य, सदस्यहरुमा फत्तेकुमारी ओली, समीर गौतम, छवि न्यौपाने, गुनाखर ज्ञवाली, डा.लक्ष्मी कोकिला, विष्णु बस्याल, विमला न्यौपाने, राजेन्द्र गौतम, रमेस थापा, लक्ष्मी बस्याल, राज विक्रम, शेषकान्त पौडेल, सरु ज्ञवाली, चन्द्रबहादुर थापा, सीताराम घिमिरेलगायत रहेका छन् ।

लक्ष्मी वर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एमाले नेता पूर्व मन्त्री छविलाल विश्वकर्मा, राष्ट्रियसभाका नेता खिमलाल भट्टराई, खगेन्द्र राई, प्राडा ऋषिराम शर्मा, प्रा.डा कपिलदेव लामिछाने, लुम्बिनी प्रदेश संयोजक सिन्धू जलेसा, लुम्बिनी प्रदेस इन्चार्ज तथा केन्द्रीय सचिवालय सदस्य हरि तिमिल्सिना लगायतले बोलेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।