ताजा अपडेट »

कुनै दुविधा छैन, गठबन्धनबाटै चुनावमा जान्छाैं : प्रचण्ड

विहीबार, १७ चैत्र २०७८, १० : ४४
2 Shares

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन गरेरै निर्वाचन जाने विषयमा कुनै दुविधा नरहेको बताएका छन् । बिहीबार रिपोटर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘गठबन्धन एउटा सन्दर्भमा जन्मिएको हो । लोकतन्त्र, संविधान र राष्ट्रियताको  रक्षाका लागि गठबन्धन बनाएका छौं । निर्वाचनमा गठबन्धबबाटै जाने भन्नेमा हामी प्रष्ट छौं ।’

उनले अगाडि भने, ‘कांग्रेसको कार्यसमितिले के गर्ला भन्ने थियो, कांग्रेसले पनि गठबन्धनलाई करिबकरिब कायम राखेर जाने भनिसकेपछि त्यसमा कुनै दुविधा हामीभित्र छैन । हामी मिलेर नै जान्छौं । आगामी निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र रुपमा होस् । परिणमले राजनीतिक स्थायित्वलाई एकतालाई प्रवद्र्धन गर्न मद्दत गरोस् भन्ने छ ।’ उनले अर्थतन्त्रलाई दुर्घटनाबाट बचाउन समयमै उपाय अबलम्बन गर्नुपर्ने बताए । त्यसका लागि सत्ता गठबन्धनभित्र पहल सुरु भइसकेको र उपाय निकालिने प्रचण्डले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।