ताजा अपडेट »

मुख्य शक्तिसँग सम्बन्ध सन्तुलित नबनाए दुर्घटनामा पर्न सक्छौं : भट्टराई

विहीबार, १७ चैत्र २०७८, १० : २२
8 Shares

काठमाडाैं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भारत, चीन, अमेरिकालगायत आर्थिक शक्तिसँग सन्तुलित सम्बन्ध अनिवार्य भएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा बिहिबार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराईले मुख्य शक्तिसँग सन्तुलित सम्बन्ध नबनाए नराम्रो दुर्घटनामा पर्न सक्ने बताएका हुन् ।

नेपालकाे छरछिमेकीकाे भूराजनीति बलियाे बनेकाे उनले बताए । भारत-चीन र अमेरिकाका सम्बन्धनले हाम्राे आन्तिरिक सम्बन्धलाई पनि प्रभावित पार्ने अवस्था बनेकाे बताउँदै उनले राष्ट्रिय मुद्दामा दलहरुबीच सहमति हुनैपर्ने बताए ।

युक्रेनकाे घटना हाम्रा लागि ठूलाे पाठ हाे । मुख्य शक्तिसँग सन्तुलित सम्बन्ध नबनाए नराम्रो दुर्घटनामा पर्न सक्छौं,’ उनले भने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।