ताजा अपडेट »

क्रिकेट वरियता : रुपन्देहीका कुशलको दुई स्थान सुधार, सन्दीपको एक स्थान खस्कियो

बुधबार, १६ चैत्र २०७८, १७ : ३९
6 Shares

काठमाडौं । नेपाली क्रिकेट टोलीका ओपनर ब्याटर कुशल भुर्तेलले आइसिसी टी–२० ब्याटिङ वरीयतामा दुई स्थान सुधार गरेका छन् । आइसिसीले बुधबार सार्वजनिक गरेको वरीयतामा कुशल २९औं स्थानमा उक्लिए । कुशल पछिल्लो हप्ता वरीयताको ३१औं स्थानमा थिए ।

यस्तै, वरीयताको शीर्ष १०० भित्र रहेका अर्का ब्याटर दीपेन्द्रसिंह ऐरी भने पुरानै वरीयतामा यथावत् छन् । दीपेन्द्र वरीयताको ५१औं स्थानमा छन् । वरीयताको शीर्ष स्थानमा भने पाकिस्तानका कप्तान बाबर आजम र दोस्रो स्थानमा पाकिस्तान कै अर्का ब्याटर मोहम्मद रिजवान यथावत् छन् । यस्तै, तेस्रो स्थानमा दक्षिण अफ्रिकाका आइदेन मार्करम, चौथोमा इङ्ल्यान्डका डेविड मलान र पाँचौँ स्थानमा न्युजिल्यान्डका डेविड कोनवे छन् ।

यस्तै, टी–२० को बलिङ वरीयतामा भने नेपाली टोलीका कप्तान सन्दीप लामिछाने एक स्थान खस्किएका छन् । नयाँ वरीयतामा सन्दीप ३७औं स्थानमा छन् । टी–२० वरीयतामा अटाएका नेपालका अर्का बलर अविनाश बोहरा ८१औं स्थानमा छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।