१६ माघ २०७९, सोमबार

Jan 30, 2023

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)लाई समृद्ध र मजबुत बनाउन पाँचवटा योजना प्रस्तुत गरेका छन् । श्रीलंकाको राजधानी कोलम्बोमा बुधबार भएको बिमस्टेक पाँचौं शिखर सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै उनले ती योजना प्रस्तुत गरेका हुन् । 

Advertisement

प्रधानमन्त्रीले देउवाको पहिलो योजनामा परेको छ– समावेशी रिकभरी योजना । यसको लागि उनले खोप, स्वास्थ्य प्रणालीमा लगानी र सामाजिक सुरक्षा योजनाहरूको विस्तार, भौतिक र मानव पुँजीमा संरचनात्मक सुधार र गुणस्तरीय लगानीको रूपमा काम गर्नुपर्ने उनले बताएका छन् । ‘बिमस्टेकले यस क्षेत्रलाई महामारीबाट राम्रोसँग पुनः निर्माण गर्न र भविष्यका कुनै पनि प्रकोप र प्रकोपका लागि राम्रोसँग तयार रहेको सुनिश्चित गर्न आफ्नो भूमिका निर्वाह गर्नुपर्छ,’ प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा भने । 

कोरोना खोप अभियानले नेपालमा तिव्र गति लिएको उनले बताए । हालसम्म नेपालले ४ करोड ७० लाखभन्दा बढी खोप प्राप्त गरिसकेको, लक्षित जनसंख्याको लगभग ६८ प्रतिशतले पूर्ण रूपमा खोप लगाएको र र लगभग ९२ प्रतिशत योग्य व्यक्तिहरूले कम्तिमा एक डोज खोप लगाएको तथ्याङ्क उनले प्रस्तुत गरेका थिए । ‘हाम्रा छिमेकीहरू, विकास साझेदारहरू, कोभ्याक्स सुविधा र सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायको समर्थन र सहकार्यका कारण यो सम्भव भएको हो । उहाँहरूको सहयोगको लागि आभारी छौं,’ प्रधानमन्त्री देउवाले भने । 

प्रधानमन्त्री देउवाले प्रस्तुत गरेको दोस्रो योजना छ– बिमस्टेक विकास कोषको प्रारम्भिक कार्यान्वयन । कोरोना महामारीका कारण हालकै अवस्थमा सन् २०३० सम्मा कुनै पनि दिगो विकासका लक्ष्यहरु हासिल गर्न नसकिने बताउँदै उनले प्रतिगामी प्रवृत्तिहरुलाई उल्टाउनुपर्ने बताए । हामीले बिमस्टेक गरिबी निवारण कार्य योजनाको प्रभावकारी र समयमै कार्यान्वयन र बिमस्टेक विकास कोषको प्रारम्भिक कार्यान्वयन सुनिश्चित गर्नुपर्दछ,’ उनले भने, ‘जनताको जीवन र जीविकोपार्जनलाई उकास्न, आर्थिक अवसरहरू सिर्जना गर्न र विकासको मापन गर्न आयोजना र कार्यक्रमहरूको समयबद्ध कार्यान्वयन महत्वपूर्ण हुनेछ ।’ 

प्रधानमन्त्री देउवाको तेस्रो योजनामा पर्छ– कनेक्टिभिटी (भौतिक र डिजिटल दुवै) । यसले प्रभावकारीरुपमा क्षेत्रीय प्रक्रिया अघि बढाउन प्रेरक भूमिका खेल्ने दाबी उनको छ । उनले आफ्नो योजनालाई थप स्पष्ट पारे, ‘यसले व्यवसायहरूलाई विशेष गरी साना र मझौला उद्यमहरूलाइ विश्वव्यापी बजारसँग जोड्न मद्दत गर्दछ ।’

सडक, रेलमार्ग, हवाई मार्ग, जलमार्ग मार्फत देश, समाज र बजारको गहिरो एकीकरण हुन नसके बिमस्टेक फस्टाउन नसक्ने उनको तर्क थियो ।  यसले यातायात सञ्जाल, ऊर्जा र पावर ग्रिड अन्तरसम्बन्ध र सूचना राजमार्गहरूमा लगानी बढाउन मद्दत गर्ने उनले जनाए । चौथो योजना हो– बृहत व्यापार, लगानी र बलियो क्षेत्रीय सहयोग । ‘बिमस्टेक भित्रको अन्तरक्षेत्रीय व्यापार र लगानीको मात्रा त्यति उत्साहजनक भने छैन ।

महामारीबाट उत्पन्न अवरोधहरूले व्यापार र लगानी प्रवाहलाई थप कमजोर बनाएको छ,’ प्रधानमन्त्री देउवाले बलियो क्षेत्रीय सहयोगको आवश्यकताबारे बताए । ‘बिमस्टेक आर्थिक सम्बन्ध प्रवद्धन् गर्ने, निजी क्षेत्रको सहभागितालाई प्रोत्साहन गर्ने र व्यापार तथा पारवहन सहजीकरणमा केन्द्रित हुनुपर्छ,’ प्रधानमन्त्री देउवाले भने ।

वस्तुको व्यापार, सेवाको व्यापार, लगानी र भन्सार मामिलामा पारस्परिक सहयोगका लागि भइरहेको वार्ता चाँडो निष्कर्षमा पुग्नुपर्ने उनले बताए । प्रधानमन्त्री देउवाले शिखर सम्मेलनमा बिमस्टेकलाई सफल बनाउन प्रस्तुत गरेको पाँचौं योजना हो– जलवायु परिवर्तनको प्रभाव न्युनीकरण । 

‘जलवायु संकटले हिमाल र महासागरबीचको ‘जैविक सम्बन्ध’लाई बिगारेको छ र हिमालयको पहिचान र सभ्यतालाई समेत खतरामा पारेको छ,’ उनले भने, ‘संकटले ‘नो रिटर्न’को बिन्दु पार गर्नु अघि हामीले साहसीक कदम चाल्न जरुरी छ ।’ जलवायु परिवर्तनका असर कम गर्न सामूहिक प्रयासको आवश्कता रहेको उनले बताए । उनले भने, ‘हामीले वर्तमान संकटलाई हरियाली, सुरक्षित र थप दिगो बंगालको खाडी क्षेत्रको प्रवेशद्वार बनाउनुपर्छ ।’ 

जीवन्त, अग्रगामी र एकीकृत बिमस्टेक क्षेत्रको आकांक्षा तल्लो तहका जनता र समुदायको स्वामित्वबिना साकार नहुने समेत प्रधानमन्त्री देउवाले बताए । ‘यसको लागि सरकार र नीति निर्माताहरू, सांसदहरू, शिक्षाविद्हरू, निजी क्षेत्र, थिंक ट्याङ्क, नागरिक समाज र सबैभन्दा महत्त्वपूर्ण रूपमा असल छिमेकीको भावनामा रहेका जनताहरूबीच अर्थपूर्ण सहकार्य आवश्यक छ,’ प्रधानमन्त्री देउवाले भने ।

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति फागुन २५ मा राष्ट्रपतिको निर्वाचन लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो राष्ट्रिय सहमतिको स्वप्निल राजनीति भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु