ताजा अपडेट »

चितवनलाई शिक्षा र स्वास्थ्यको हब बनाउने हो: प्रचण्ड

बुधबार, १६ चैत्र २०७८, १४ : ०८
6 Shares

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्युत्को क्षेत्रमा राम्रो प्रगति भएको बताएका छन् ।

राप्ती नगरपालिकास्थित नेपाल विद्युत् प्रधिकरणको पुर्वी चितवन सबस्टेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देश लोडसेडिङमुक्त भइसकेकाले अब विद्युत्बाट यातायात, कृषि, सिँचाइ, शिक्षासहितका क्षेत्रमा आमूल परिवर्तनको अवस्थामा आइपुगेको बताएका हुन् । 

देश र जनतालाई समृद्धतर्फ लैजान विद्युत्बाट गर्नुपर्ने बताएका उनले चितवनलाई शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्ने बताए ।कृषिमा उत्पादन वृद्धि गर्ने, शिक्षा र स्वास्थ्यको हब बनाउनु पर्ने भन्दै उनले यसका लागि शक्तिखोर औद्योगिक क्षेत्र स्थापना गरेर रोजगारी सृजना गर्ने बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।