ताजा अपडेट »

भोलि गठबन्धनको बैठक बस्छ, भरतपुरमा हाम्रो दाबी छ: प्रचण्ड

बुधबार, १६ चैत्र २०७८, १३ : ११
18 Shares

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकाको मेयरमा आफ्नो पार्टीको दाबी रहने बताएका छन् । 

भरतपुर विमानस्थलमा बुधबार बिहान पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने- ‘महानगर र उपमहानगरलाई सकेसम्म केन्द्रबाट नै तालमेल गर्ने भनेर छलफल चलिरहेको छ । सम्भवतः तालमेलकै निर्णय हुन्छ, भरतपुरको मेयरमा हाम्रो दाबी रहन्छ ।’ भोलि गठबन्धनको बैठक बस्ने उनको भनाई छ । यसअघिको स्थानीय तहको चुनावमा भरतपुर महानगरपालिकामा नेपाली कांग्रेस र माओवादीबीच तालमेल हुँदा  प्रचण्डपुत्री रेनु दाहाल मेयरमा निर्वाचित भएकी थिइन्।

साथै अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरिसकेपछि गठबन्धनका बीचमा आवश्यकताअनुसार तालमेल हुन्छ भन्ने कुरा प्रष्ट भैसकेको पनि बताएका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।