ताजा अपडेट »

इमरान खानविरुद्ध अविश्वासको प्रस्तावः ३ अप्रिलमा मतदान हुने

बुधबार, १६ चैत्र २०७८, ११ : ५८
6 Shares

इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खान विरुद्धको अविश्वासको प्रस्तावमा अप्रिल ३ मा मतदान हुने भएको छ ।  आन्तरिक मन्त्री शेख रसिदले मंगलबार सो जानाकारी दिएका हुन् । 

राष्ट्रियसभाको बैठकमा सोमबार खानविरुद्ध विपक्षी दलले अविश्वासको प्रस्ताव पेस गरेपछिको पछिल्लो राजनीतिक अवस्थाबारे राजधानी इस्लामबादामा सञ्चारकर्मीसँग कुरा गर्दै रसिदले यस्तो जानाकारी दिएका हुन् । ३१ मार्चमा अविश्वासको प्रस्तावमा बहस हुने र ३ अप्रिलमा मतदान हुने उनले बताए । प्रधानमन्त्रीविरुद्धको प्रस्ताव बिफल हुने उनले बताए ।

प्रधानमन्त्री खानविरुद्धको अविस्वासको प्रस्तावलाई लिएर पाकिस्तानमा राजनीतिक संकट चुलिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।