ताजा अपडेट »

बलेफी हाइड्रोपावरकाे आईपीओ निष्कासन आजबाट

बुधबार, १६ चैत्र २०७८, १० : ३४
4 Shares

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि आईपीओ विक्री खुला गर्दैछ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका  १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओ  जारी गर्न लागेको हो ।

१६-२१ चैतसम्म खुल्ने यो कम्पनीको आईपीओ ग्लोबल आईएमई क्यापिटलले व्यवस्थापन गर्नेछ।  कम्पनीले  आयोजना प्रभावित स्थानीयहरूका लागि केही समयअघि नै आईपीओ जारी गरेको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १० लाख २७ हजार ९७० कित्ता सेयर बाँडफाँड गरिसकेको छ  ।

कम्पनीको आइपीओमध्ये चार प्रतिशत कम्पनीका कर्मचारीलाई  र पाँच प्रतिशत कम्पनीका मिचुल फन्डका लागि छुट्याइएको छ । आयोजनाका कर्मचारीलाई ७३ हजार ११९ कित्ता र ९१ हजार ३९८ कित्ता सेयर बाँडफाँड हुनेछ । 

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै मेरो सेयरको वेब तथा एपबाट पनि सो आईपीओका लागि आवेदन दिन सकिनेछ।

२०१७ सालमा स्थापना भएको बलेफी हाइड्रोपावर कम्पनीले हाल सिन्धुपाल्चोकमा ३६ मेगावाटको अपर बफेली हाइड्रोपावर निर्माण गरिरहेको छ । सो हाइड्रोपावरको हालसम्म ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।