ताजा अपडेट »

गठबन्धनको औचित्य बाँकी नै छ, छिट्टै बैठकबाट तालमेलकाे माेडालिटी बन्छः सिंह

बुधबार, १६ चैत्र २०७८, १० : २३
6 Shares

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनको औचित्य कायमै रहेकाले स्थानीय आवश्यकताअनुसार गठबन्धनका दलबीच तालमेल गरेर जानुपर्ने अवस्था आएकाे बताएका छन् ।

आज राजधानीको बुद्धनगरमा आयोजित स्थानीयसँगको भेटघाटमा सिंहले तालमेलकाे माेडालिटी तय गर्न गठबन्धनका दलहरुबीच छिट्टै बैठक बस्ने बताएका हुन् । कांग्रेस केन्द्रीय कमिटी बैठकले स्थानीय तहकाे निर्वाचनमा आवश्यकताअनुसार गठबन्धनका दलबीच तालमेल गर्ने निर्णय गरेकाे थियाे ।

'संसदमा कांग्रेसकाे उपस्थिति कस्तो थियो, कसरी र कसका कारण कांग्रेसकाे नेतृत्वमा सरकार निर्माण भयाे । यी सबै कुराकाे ख्याल राख्नुपर्छ ।  गठबन्धनको औचित्य बाँकी नै छ । वास्तविक धरातलमा उभिन अनुराेध गर्दछु,' तालमेलकाे विपक्षमा रहेका नेताहरुप्रति लक्षित गर्दै उनले भने ।

अब मतदाताले पनि चुनावमा लेखाजाेखा गर्ने बेला आएकाे उनले बताए । 'देश र जनताका लागि कुन पार्टीले के गरेका छन् भनेर अब मूल्यांकन हुन्छ,' सिंहले भने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।