ताजा अपडेट »

प्रगतिशिल पत्रकार संघ रुपन्देहीका सचिव बन्जाडेले दिए राजिनामा

मंगलबार, १५ चैत्र २०७८, १७ : ४१
4 Shares

बुटवल । प्रगतिशिल पत्रकार संघ रुपन्देहीका सचिव डि.आर. बन्जाडेले राजिनामा दिएका छन् । संघका संस्थापक सचिव समेत रहेका बन्जाडेले मंगलबार एक विज्ञप्ति जारी गर्दै राजिनामाको घोषणा गरेका हुन् ।

‘म प्रगतिशिल पत्रकार संघ रुपन्देहीको संस्थापक सचिबको रुपमा लामो समयदेखि काम गर्दै आएको अवगत नै छ । संगठन भित्र रहँदा इमान्दारिता र निष्ठा मेरो पहिलो प्राथमिकता बन्यो । संगठन भित्र देखा पर्ने संघर्षले नयाँ मार्ग स्पष्ट हुनु पर्ने हो तर, अवस्था त्यस्तो देखिएन । म आजैको मितिबाट यस संगठनबाट अलग हुने निर्णयमा पुगेको छु । यहाँसम्म्को यात्रा गर्ने सम्पूर्ण प्रति आभार प्रकट गदर्छु ।’–उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।