ताजा अपडेट »

प्राधिकरणको श्रम शोषणमा मिटर रिडरहरु, खाईपाई आएको पारिश्रमिक घटाईयो

मंगलबार, १५ चैत्र २०७८, १७ : २५
61 Shares

गुल्मी । नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय प्रशारण लाईनको मिटर रिडिङ गर्ने गोटा गिन्ती रिडर मजदुरहरु यति बेला आफुहरुलाई प्राधिकरणले श्रम शोषण गरेको भन्दै विभिन्न सम्बन्धित निकाय र सञ्चार माध्यम गुुहार्दै हिडेका छन् ।

तीन बर्ष अघि सम्म ठेक्कामा रिडीङ गर्ने गरिएको र ३ बर्ष अघिदेखि प्रतिमिटर ११ रुपैयाँ ४५ पैसाको दर–रेटमा मिटर रिडिङ गर्दै आएका गुल्मी वितरण केन्द्रका २३ जना रिडरहरु माग महिनाकोतलव खातामा आए पछि छाँगाबाट खसे जस्तै भएको गुनासो गरे ।

नेपाल विद्युत प्राधिकरण, गुल्मी वितरण केन्द्रले ३ बर्ष पछिको सम्झौता सकिए पछि २०७८ साल पुष १ गतेको मितिदेखि २०७९ साल कार्तिक मशान्त सम्म लागु हुने गरि अर्को करारनामा सम्झौैता गरिएको छ जिल्लाभरका २३ जनमा मिटर रिडरहरु संग ।

त्यस सम्झौता पत्रमा पनि प्रति मिटर ११ रुपैयाँ ४५ पैसा निर्धार गरिएको छ । तर तलव खातामा राखि दिने बेला त्यस वितरण केन्द्रले ९ रुपैयाँका दरले राखि दियो । किन यसरी सम्झौता विपरित श्रम शोषण गरियो रु भन्ने सवाल उठाउँदै आईतबार गुल्मी वितरण केन्द्रको कार्यालयमा पुग्दा कार्यालय प्रमुख ईश्वरककुमारा श्रेष्ठले केन्द्रबाट निर्णय भई प्रति मिटर ९ रुपैयाँका दरले तलव खुवाउने लुम्विनी प्रादेशिक कार्यालयबाट पत्र आएकोले सोही अनुसार तलव खुवाईएको जानकारी दिए ।

पुष महिनामा सम्झौता गर्दा ११ रुपैयाँ ४५ पैसा नै कार्यम गरिएको छ नि भनेर रिडरहरुले प्रश्न गर्दा श्रेष्ले प्रिन्ट मिस्टेक भएको जवाफ दिए । हामीले सम्पर्क राख्दा पनि श्रेष्ठले केन्द्रमा पुस महिनामा ९ रुपैयाँ कायम गर्ने निर्णय अनुसार प्राधिकरणको प्रादेशिक कार्यालयबाट सर्कुल आएकोले दर ९ रुपैयाँ नै रहेको तर प्रिन्ट मिस्टेक हुँदा ११ रुपैयाँ ४५ पैसा हुन गएको बताए ।

यस सम्वन्धमा प्रादेशिक कार्यालय बुटवलका प्रशासिकय अधिकृत खेम लम्सालसंग सम्पर्क राख्दा उनले पनि केन्द्रले पुस महिनामा सहरी, सुगम क्षेत्रमा ६ रुपैयाँका दरले र पाहडी क्षेत्रमा ९ रुपैयाँ कायम गरेकोले त्यही अनुसार जिल्लाहरुमा सर्कुलर पठाईएको बताउँदै भने–‘मिटर रिडहरु महँङ्गीका कारण मर्कामा परेको भए केन्द्रकै ध्यानकृष्ट गराउनुहोस्।’

हामीले विद्युत प्राधिकरण केन्द्रिय कार्यालय, जनसाधन विभागका निर्देशक शिवकुमार अधिकारीसंग सम्पर्क राख्दा उनले भने–‘त्यसरी घटाएको निर्णय गरे जस्तो त लाग्दैन । तर त्यसरी मिटर रिडरहरु मर्कामा परेको भए महानिर्देकज्युलाई सम्वोधन गरि निवेदन पठाउन लगाउनुहोस् पुनरविचार हुन पनि सक्ला ।’

मिटर रिडहरु भन्छन्–‘११ रुपैयाँ ४५ रुपैयाँका दरले तीन बर्ष देखि काम गर्दै आईयो । अब तीन बर्ष पछि त महँङ्गी पनि बढेको छ। पक्कै तलव बढ्लाा भनेर आशा गरेर बसेको बेला झन ३ हजार देखि ५ हजार सम्म तलव घटेर पो आयो ।’ उनिहरुका अनुसार मिटर रिडिङ्गको संख्या अनुसार प्रति ब्यक्ति तलव फरक फरक हुने गर्दछ ।

किचकिच गरे अर्कै राख्ने धम्की

‘गत पुस महिना सम्म मासिक १९ हजार तलव बुझ्थे’– गुल्मीको छत्रकोट गाउँपालिका–३ हर्दिनेटाका ५६ बषीय भुवन पन्थले भने–‘माघ महिनामा जम्मा १५ हजार मात्रै तलव आयो । गत १६ बर्ष देखि त्यस भेगमा मिटर रिडिङ्ग गर्दै आएका पन्थले भने–‘महँँङ्गी चुलिदैै गएको छ । यस्तो बेला प्राधिकरणले तलव पक्कै बढाउला भनेर आश गरेको बेला उल्टो महिनामा ५ हजार कम गरेर पठाउँदा साह्रै मर्कामा परेका छौं ।’

उनले यति थोरै तलवमा त काम गर्न सकिदैन भन्दा कार्यालय प्रमुखले तपाईहरुले नगरे हटाएर अर्कै मान्छे राख्ने धम्की दिने गरेको दुखेसो गरे । रेसुङ्गा नगरपालिका १० सिमिचौरका पिताम्वर पाण्डेले गत १३ बर्षदेखि मिटर रिडिङ्गको काम गर्दै आएका छन् । उनले पुस सम्म १२ हजार ९ सय रुपैयाँ तलव बुझ्थे । गत माघ महिनामा जम्मा १० हजार २७ रुपैयाँ तलव राखी दिए पछि उनी छाँगाबाट खसे जस्तै भएको गुनासो सुनाउँछन् ।‘सरकारले अन्य सबै क्षेत्रमा तलव बढाउँदै आएको छ र न्युनतम पारिश्रमिक लागु समेत गरिरहेको बेला हामीलाई भने उल्टो खाई पाई आएको तलव समेत घटाएर

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार