ताजा अपडेट »

त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२०: पिएनजीको लगातार दोस्रो हार

मंगलबार, १५ चैत्र २०७८, १७ : १५
4 Shares

काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट श्रृंखलामा मलेसियाले पपुवा न्युगिनी (पिएनजी)लाई आठ रनले हराएको छ । कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा सम्पन्न श्रृंखलाको दोस्रो खेलमा मलेसियाले दिएको १८१ रनको लक्ष्य पछ्याएकाे पिएनजीले १९ ओभर ३ बलमा सबै विकेट गुमाउनुअघि १७२ रन मात्र बनाउन सक्यो ।

पिएनजीका लागि टोनी उराले सर्वाधिक ५६ रनको योगदान गरे । यस्तै, नोर्मान भनुवाले ४५ र कप्तान असद भालाले ११ रन बनाए ।मलेसियाका सर्विन मुनिएन्डीले चार विकेट लिँदा मोहम्मद वाकिफ र पवनदी सिंहले तीन/तीन विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउनुअघि १८० रनको योगफल तयार गरेको थियो ।मलेसियाका विरानदीप सिंहले सर्वाधिक ५९ रन बनाएका थिए ।  यस्तै, कप्तान ऐमद फैजले ५६ र सैयद अजिजले ४७ रन बनाए ।

पिएनजीका नोर्मानले दुई विकेट लिँदा नोसैना पोकनले एक विकेट लिएका थिए ।सोमबारदेखि सुरु भएको श्रृंखलामा पिएनजी यसअघि नेपालसँग १५ रनले पराजित भएको थियो ।त्रिदेशीय श्रृंखलाको तेस्रो खेलमा बुधबार दिउँसो १२ः३० मा नेपाल र मलेसिया खेल्नेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।