ताजा अपडेट »

जालझेल गरेर अन्य पार्टीले निर्वाचनकाे परिणाम हात पारे, यसपटक नतिजा सुल्ट्याइनेछ : प्रचण्ड

मंगलबार, १५ चैत्र २०७८, १७ : ११
6 Shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटक निर्वाचन परिणाम माओवादीकाे पक्षमा बढी आउने दाबी गरेका छन् । उनले यसअघि अनेक जालझेल गरेर अन्य पार्टीले निर्वाचनकाे परिणाम हात पारेकाे र यसपटक निर्वाचनकाे नतिजा सुल्ट्याइने बताए । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका युवाहरूलाई पार्टी प्रवेश गराउँदै देशभर युवाहरूकाे पार्टीमा आकर्षण बढेकाले निर्वाचन परिणाम माओवादीकाे पक्षमा पार्न असहज नभएको दाबी गरे ।उनले माओवादीमा प्रवेश गरेर सचेत युवा वर्गले सही निर्णय लिएकाे पनि बताए ।

`तपाईं युवाहरूले सही निर्णय गर्नुभयाे । तपाईंहरूलाई बधाई र स्वागत गर्न चाहन्छु । संघीय लाेकतान्त्रिक गणतन्त्रकाे  जन्मदाता माओवादी केन्द्र हाे । संविधानकाे रक्षा गर्न,  सामाजिक न्यायसहितकाे समाज बनाउन र देशकाे समृद्धिसँगै विकास गर्ने पार्टी  माओवादी हाे । अब यसपटक निर्वाचनको नतिजा हामीले सुल्ट्याउनुपर्छ´, प्रचण्डले मंगलबार भने ।

प्रचण्डले हेलम्बुका प्रभावशाली युवाहरू दिनेश थापा, सञ्जय तामाङ, समीर केसी, निमा लामा, मुस्कान भण्डारी, विकास लामालगायतलाई पार्टी प्रवेश गराएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।