ताजा अपडेट »

पद र गठबन्धन जोगाउन न्यायपालिकालाई कमजोर बनाइयोः प्रधान

आइतबार, १३ चैत्र २०७८, १७ : ५५
44 Shares

परासी । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष धुर्ब बहादुर प्रधानले पद र गठबन्धन जोगाउन राजनितिक दलले सर्वोच्च न्यायपालिकालाई कमजोर बनाएको बताएका छन् ।

गृह जिल्ला पश्चिम नवलपरासीको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर महाधिवेशन पछि पार्टि परित्याग गरी गएका कमल थापाबाट सिङ्गो पार्टीलाई केन्द्र र जिल्लामा कुनैपनि प्रभाव नपरेको बताए। अहिले पार्टीको मुख्य एजेण्डा हिन्दू राष्ट्रको भएकाले गाउँ(गाँउबाट पार्टी प्रवेशको लहर आएको समेत बताए ।

गठबन्धनमा रहेका पार्टीहरूले जनताको चाहना विपरीत एमसीसी पास गर्ने क्रममा आफ्नो पार्टीको विपरीत अडानका कारण जनमत बढेको समेत दाबी गरे। सत्तामा रहेका पार्टीहरूले आफ्नो कुर्ती र गठबन्धन बचाउन प्रधानायायाधीश माथि महाअभियोग लगाउँदा सिङ्गो न्यायपालिकालाई कम्जोर बनाइएको बताए ।

अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जनताले मन पराउन थालेको जनपक्षिय रूपमा पार्टी कार्यक्रम अगाडी बढाउन र भोलि १४ गते सोमबार पश्चिम नवलपरासीको घण्टाघर चोकमा कार्यक्रम वृहद आमसभा गर्ने र कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष धुर्ब बहादुर प्रधान, पार्टी प्रवक्ता ज्ञानेन्द्र शाही, प्रदेशर जिल्लाका नेता तथा पार्टी कार्यकर्ताको उपस्थिति रहने बताइएको छ।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल