ताजा अपडेट »

कर्पोरेट फुटसलको उपाधि एनएमबी बैंकलाई

शनिबार, १९ माघ २०७५, १३ : ०९
6 Shares

ग्लोबल आवाज
माघ १९,
बुटवल । चौथो एमजी कप कर्पोरेट फुटसल प्रतियोगिता–२०७५को उपाधि एनएमबी बैंकले जितेको छ । रोटरी क्लब अफ रुपन्देही र रोट्रयाक्ट क्लब अफ रुपन्देहीको संयुक्त आयोजना तथा युनिक फुटसलको प्राविधिक सहयोगमा शनिबार मणिग्रममा सम्पन्न भएको फाइनल खेलमा मेगा बैंकलाई ट्रईब्रेकरमा पराजित गर्दै एनएमबी बैंकले उपाधि उचालेको हो । उपाधिसँगै एन.एम.बी.ले नगद १५ हजार सहित प्रमाणपत्र, शिल्ड तथा मेडल प्राप्त गरेको छ भने उपविजेता बन्न सफल मेगा बैंकले नगद रु १० हजार सहित प्रमाणपत्र,शिल्ड र मेडल प्राप्त गरेको रोटरी क्लव अफ रुपन्देहीका सदस्य तथा प्रतियोगिताका संयोजक गौतम भुषालले जानकारी गराए ।

यस क्षेत्रमा रहेका वित्तिय तथा व्यवसायिक संघसंस्थाहरुका बीच खेलको माध्यमबाट भेटघाट, सदभाव र सम्बन्ध सुदृढ गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिता सौहाद्रपूर्ण रुपमा सफल भएको रोटरी क्लब अफ रुपन्देहीका अध्यक्ष हरि प्रसाद न्यौपानेले बताए । प्रतियोगितामा स्थानीय आठ टिमको सहभागिता रहेको रोट्रयाक्ट क्लब अफ रुपन्देहीका सदस्य तथा प्रतियोगिताका अर्का संयोजक राजेश खरेलले जानकारी गराए ।

सधैं व्यापार, व्यवसाय र पेशागत कार्यमा व्यस्त रहने व्यक्तिहरुका लागि शारिरिक, स्वास्थ्य, मनोरञ्जनसँगै आपसमा सदभाव बढाउनका लागि आयोजना गरिएको फुटसल प्रतियोगिता उत्साहनक सहभागिताका साथ सम्पन्न भएको रोट्रयाक्ट क्लब अफ रुपन्देहीका अध्यक्ष सुरेश भण्डारीले बताए । । यूरोपियन ब्राण्ड एम.जी. कार मुख्य प्रायोजक र पाठक सिमेण्ट प्रा. लि. सह–प्रायोजक रहेको प्रतियोगितामा तिलोत्तमा नगरपालिका, तिलोत्तमा उद्योग वाणिज्य संघ र तिलोत्तमा व्यापार संघको समेत विशेष सहयोग रहेको थियो ।

फुटसल प्रतियोगिता तिलोत्तमा ५ मणिग्राम स्थित नवनिर्मीत यूनिक फुटसल मैदानमा सम्पन्न भएको हो । हालै बाट संचालनमा आएको सो फुटसलको शनिबारनै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमीरेद्धरा औपचारीक कार्यक्रमका बिच समुद्घाटन समेत गरीएको थियो । बुटवल, भैरहवा र तिलोत्तमा फुटसल प्रेमीहरुलाई लक्षित गरी करिब एक करोडको लागतमा यूनिक फुटसलको स्थापना गरिएको फुटसलका प्रोपराइटर रमेश डुम्रेले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।