२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

परासी । पश्चिम नवलपरासीमा म्यादी प्रहरीमा भर्ना हुनका लागि युवाहरू बिहानैदेखि भीड बढेको छ । बैशाख ३० गते हुने आसन्न स्थानीय तह निर्वाचनका लागि आजदेखि देशभर नै म्यादी प्रहरी भर्ना खुलाइएको छ । भर्नाका लागि गाउँ गाउँबाट आएका युवाहरु बिहान ८ बजेदेखि जिल्ला प्रहरी कार्यालय अगाडि लाइन बसेका छन्।

Advertisement

भर्ना हुनका लागि पुरुषसँगै महिलाको सहभागिता पनि उल्लेखनीय देखिएको छ । जिल्लामा ७ स्थानीय तह छन् । त्यहाँ खटाउन १ हजार २९ जना म्यादी प्रहरी भर्ना गर्न लागिएको प्रहरी उपरीक्षक (एसपी) मनोजकुमार यादवले जानकारी दिए । ११ गतेसम्म आवेदन दिन पाइने छ । भर्नाका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । भर्नामा देश तथा छिमेकी राष्ट्रका अवकाश प्राप्त पूर्वसुरक्षाकर्मी, वन रक्षक र विगतका निर्वाचनमा म्यादी प्रहरी रहेकालाई प्राथमिकतामा राखिएको छ । १५ गतेदेखि भर्ना छनौट हुनेछ ।

छनौटपछि आधारभूत तालिम दिइ निर्वाचनमा खटाइने प्रहरी उपरीक्षक यादवले बताए । ४० दिन निर्वाचनको काममा खटाइने म्यादी प्रहरीलाई ४३ हजार ४ सय ४० रुपैयाँ दिइने छ । जसमा तलबबापत ३० हजार २ सय ४०, खाद्यान्नबापत ७ हजार २ सय र पोशाक तथा अन्य सामान खरिदका लागि ६ हजार तोकिएको छ । त्यसबाहेक आउने जाने तयारीबापत १ हजार उपलब्ध गराइने छ ।

निर्वाचनका लागि जिल्लामा १ सय २१ मतदान स्थल तोकिएको छ । अघिल्लो निर्वाचनभन्दा अहिले १ वटा मतदान स्थल बढेको हो । बढाइएको मतदान स्थलमा बर्दघाटको दाउन्ने क्याम्पस छ । मतदान केन्द्र पनि बढ्ने देखिएको छ । अघिल्लो निर्वाचनमा २ सय ५७ मतदान केन्द्र रहेकोमा अहिले २ सय ८६ पूग्ने निर्वाचन कार्यालयका सूचना अधिकारी निश्चल मोक्तानले जानकारी दिए बताइएको छ । स्थानीय निर्वाचनमा जिल्लामा कुल २ लाख ४५ हजार ८ सय ७३ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका