२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

लमजुङ ।  कोरोनाका कारण सुनसान रहेको अन्नपुर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार २०२२ को जनवरीदेखि हालसम्म  ५ सय ८५ जना विदेशी पर्यटक आएका छन् । उनका अनुसार जनवरी महीनामा ४१ जना, फ्रेब्अरीमा १ सय ६९ र मार्च १५ सम्म ३ सय ७५ जना विदेशी पर्यटक पदमार्गमा आएका छन् । पदमार्गमा अहिले दैनिक ३०÷४० जना विदेशी पर्यटक आएको गुरुङको भनाई छ । 

Advertisement

पछिल्लो समय मनाङ सदरमुकाम चामेसम्म मोटर पुगेपछि आन्तरिक पर्यटकको संख्यामा बृद्धि भएको हो । मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले मनाङमा अहिले बाह्य पर्यटकको आगमन बढेको बताए । उनले भने कोरोना र चिसोका कारण थला परेको पर्यटन क्षेत्र पर्यटक आउन थालेसँगै पर्यटन क्षेत्र माथि उठ्ने आशा पलाएको छ । कोरोना प्रभावका कारण पर्यटक आगमन संख्या घटेपनि अब पर्यटक आउन थालेसँगै पर्यटन व्यावसाय पुरानै लयमा फर्कने गुरुङको अपेक्षा छ । 

पदमार्गमा विशेषगरी इजरायल, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, बेलायत र अमेरिकाका पर्यटकहरू आउने गरेको एक्यापको तथ्याङकमा उल्लेख छ ।

लमजुङ सदरमुकाम बेसीशहर अन्नपूर्ण पदमार्गको प्रवेशद्वारको रुपमा चिनिन्छ । बेसीशहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ । 

लमजुङको सदरमुकाम वेसीशहरवाट सुरु हुने अन्नपूर्ण पदमार्गको यात्रा मनाङ हुँदै थोराङपास गरेर मुक्तिनाथ, जोमसोम, बेनी अथवा घोरेपानीबाट पोखरा पुगेर टुङ्गिन्छ । पदयात्राका सौखिनहरूका लागि जीवनको प्रतिष्ठा समेत बन्ने गरेको ५ हजार ४ सय १६ मीटरको थोराङ भञ्ज्याङलाई पास गर्दा आन्तरिक तथा बाह्य पर्यटकहरू आफूलाई भाग्यमानी ठान्छन्। अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्य मध्ये एक मानिन्छ ।- न्युज कारखाना

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका