ताजा अपडेट »

चुम्बनले पनि बिरामी !

मंगलबार, ०१ चैत्र २०७८, १५ : ३५
8 Shares

के तपाई पनि पाइप (स्ट्र) बाट कोक पिउनुहुन्छ, के तपाई एकै चम्चाले आइसक्रिम खानु हुन्छ भने सावधान हुनुहोस् । चुम्बनले फैलिने यो बिरामीलाई किसिङ डिजिज भनिन्छ । दिल्लीका राजनबाबु इन्सिटीच्यूट अफ पल्मोनरी मेडिसिन एन्ड ट्यूूबरकोलोसिसमा मेडिकल अफिसर डा.अनुराग शर्माले किसिङ डिजिजलाई चिकित्सा भाषामा इन्फेक्सियस मोनोन्यूक्लियोसिस वा ग्ल्याड्यूलर फिभर भनिने बताएका छन् ।

शर्माका अनुसार किसिङ डिजिज कयौं भाइरसबाट फैलन्छ । तर ९० प्रतिशत मामिलामा यो बिरामी एपस्टिन भाइरसबाट फैलन्छ । यसको कारण मानिसको र्‍याल हो । चुम्बनको समयमा एक व्यक्ति  अर्को व्यक्तिको सम्पर्कमा आएपछि यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ र पूरै शरीरमा फैलन्छ । अमेरिकी संस्था सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले किसिङ डिजिजलाई ह्यूम्यान हर्पिज–४ पनि  भनिने बताएको छ । यो हर्पिज फेमिलीको भाइरस हो ।  डा.अनुरागकाअनुसार यो बिरामी स्वयं सीमित बिरामी हो । यो सहयोगी उपचारबाट ठिक हुने पनि उनले बताए ।

कसरी फैलन्छ यो भाइरस ?
एपस्टीन भाइरसले सामान्यतः युवा र किशोरलाई प्रभावित गर्छ । बच्चा यदि संक्रमित पनि भए भने उनीहरुमा लक्षण कम मात्रै देखिन्छ । तर बुढाहरूमा संक्रमणको आशंका कम हुन्छ । यो भाइरस ब्लड ट्रान्समिसन, यौन सम्पर्क, खोकी र हाच्छिउँ गर्दा फैलन्छ ।

यसबाट जोगिने कसरी ?

किसिङ डिजीजको कुनै विशेष उपचार छैन । यो एक भाइरल रोग हो, यसमा एन्टीबायोटिकले काम गर्दैन । यसैले बिरामीको उपचार सहयोगी उपचार हुनसक्छ । सामान्य रुपमा १ महिनामा यो बिरामीको सबै लक्षण जान्छ । डा.अनुरागले यो बिरामीबाट बच्नका लागि कुनै खोप नभएको बताएका छन् । त्यसैले निम्न तरिका अपनाएर यो रोगबाट बच्न सकिन्छ ।

–भाइरस शरीरमा प्रवेश भएपछि १ हप्तासम्म थकान, शरीरमा दुखाई र घाटीमा दुखाइका साथै ज्वरोको लक्षण देखिन्छ । घाटीमा दुखाई भएको समयमा कम बोल्नु । मनतातो पानीले कुला गर्नु 
–मुख र अन्य सरसफाइमा ध्यान राख्नु 
–परिवारका अन्य कसैलाई पनि जुठो भाडा प्रयोग गर्न नदिनु 
–अन्य कसैको ग्लास प्रयोग नगर्नुस्
– अर्को व्यक्तिसँग खाना र ड्रिंक शेयर नगर्नुस् -एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।