ताजा अपडेट »

मृत्युको खतरा कम गर्न हिँडडुल जरुरी

आइतबार, २९ फागुन २०७८, १२ : १५
4 Shares

काठमाडौँ । पैदल हिँड्नुको फाइदा तपाईंलाई थाहा नै होला । यो एक यस किसिमको व्यायाम हो, जुन कुनै पनि मानिस सजिलै गर्न सक्छ । आजको व्यस्त जीवनशैलीको कारण विशेषज्ञ यताउती घुम्ने विषयमा बढी जोड दिन्छन् । यसबाट हाम्रो शारीरिक र मानसिक स्वास्थ्य दुवै राम्रो हुन्छ । हालैको एक अनुसन्धानका अनुसार यसबाट मृत्युको खतरा पनि कम हुन जान्छ ।

५० हजार मानिसमा भएको थियो अनुसन्धान

यो अनुसन्धान अमेरिकाको युनिभर्सिटी अफ मासाचुसेट्सका वैज्ञानिकले गरेका हुन् । यसलाई लानसेन्ट पब्लिक हेल्थ जर्नलमा प्रकाशित गरिएको हो । वैज्ञानिकले ४ महाद्विपका ५० हजार मानिसमा भएको १५ अध्ययनको विश्लेषण गरेका थिए । या तथ्याङ्कबाट थाहा हुन्छ कि दैनिक पैदल हिँड्नाले स्वास्थ्य राम्रो र उमेर पनि लामो हुन्छ ।

५० हजार मानिसलाई ४ समूहमा विभाजन गरिएको थियो । पहिलो समूह औसत ३५०० पाइला, दोस्रो समूह ५८०० पाइला, तेस्रो ७८०० र चौथोमा १०९०० पाइला हिंड्ने समूह थिए । अनुसन्धानकर्मीका अनुसार जुन समूह सर्वाधिक सक्रिय रहे उनीहरुमा मृत्युको जोखिम ४० देखि ५३ प्रतिशतसम्म कम भएको थियो ।

दैनिक १० हजार कदम हिँड्नु आवश्यक छैन

प्रत्येक दिन १० हजार कदम चल्नु आवश्यक नभएको वैज्ञानिकहरुले बताएका छन् । यदि ६० वर्ष भन्दा कम उमेरका मानिस ८ देखि १० हजार कदम र ६० वर्ष भन्दा बढी उमेरका मानिस ६ देखि ८ हजार कदम हिँड्छन् भने उनीहरुलाई त्यत्तिकै फाइदा हुन्छ ।

हिँड्ने गतिले अर्थ राख्दै

युनिभर्सिटी अफ मासाचुसेट्स एमहस्र्ट फिजिकल एक्टिभिटी इमिडेमियोलोजिस्ट अमांडा पालुचले अनुसन्धानको नतिजाले हिँड्नेको गती लामो उमेरसँग कुनै सम्बन्ध नभएको देखाएको बताएका छन् । यसको अर्थ छिटो वा विस्तारै हिँड्नु भन्दा पनि पाइलाको संख्या हो । तपाई दैनिक जत्तिको छिटो हिँड्नु हुन्छ मृत्युको खतरा पनि त्यत्तिकै कम हुने उनले बताए ।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।