ताजा अपडेट »

भरतपुर अस्पतालमा झुडिएको अबस्थामा एक युवाको शब फेला

शनिबार, २३ कार्तिक २०७६, १० : ३०
6 Shares

कार्तिक २३,
ग्लोबल आवाज

चितवन। चितवनको भरतपुर अस्पतालमा शुक्रबार राती एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ । लम्जुङ दुधपोखरी गाउँपालिका–२ का विष्णु बहादुर सुनारको शव झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

सुनारले कात्तिक १७ गते भरतपुर अस्पतालमा तीन महिनाअघि सुत्केरी भएकी श्रीमतीलाई उपचारको लागि ल्याएका थिए । श्रीमतीको उपचार गराउन धेरै रकम लाग्ने भएपछि सुनारले आत्महत्या गरेको हुनसक्ने चितवनका प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए । यता अस्पताल प्रशासनका अनुसार सुनारको श्रीमतीको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।