ताजा अपडेट »

उपन्यास 'महाभारामाथी' बुटवलमा छलफल, पुर्वेली भाषाशैली झल्किएको आभास

आइतबार, २२ फागुन २०७८, १९ : ०५
4 Shares

बुटवल । पत्रकार एव लेखक बसन्त बस्नेतले लेखेको उपन्यास पुस्तक "महाभारा"को विषयवस्तुमाथी बुटवलमा छलफल भएको छ। छलफलमा सहभागीहरुले "महाभारा"मा पुर्वेली सस्कृती झल्किएको आभास भएको बताएका छन।

पाठक मन्च बुटवल र चौतारी रिडर्स क्लब बुटवलले आयोजना गरेको छलफलमा बोल्दै नेकपा एमालेका नेता एव पुर्व मन्त्री धनश्याम भुसालले युवा पुस्ताको लेखनशैलिमा उत्कृष्ट भाषा र सहज शब्दावली झल्किएको बताए। पुस्तक बिमोचनको छोटो समयमा नै चर्चाको शिखरमा पुग्न सफल भएकोमा बधाई दिदै उनले आगामी दिनमा पनि अझै उत्कृष्ट पुस्तकको पर्खाईमा पाठक रहने बताए।

पत्रकारिताको छोटो समयमै माथिल्लो तहमा पुगेको बताउदै उनले यो यात्रालाई निरन्तरता दिन आग्रह गरे। फरक प्रसङ्गमा बोल्दै उनले पछिल्लो समय राजनीतिमा रहेका ब्यक्तिहरुले बिचारमा आधारित हुनुपर्ने भएपनी त्यसो नभएको बताए । उनले राजनीति पद पाउनको लागि सिमित भएको बताउदै अहिले पदमा जाने र लुटेर खाने भन्ने सोच पैदा भएकोले सुधारको आवश्यकता रहेको उल्लेख गरे।

उपन्यास "महाभारा" लेखक बसन्त बस्नेतले पुस्तक पुर्वेली भासा सहितको साहित्य रहेको उल्लेख गर्दै बिक्रि संख्याको आधारमा कुनैपनी पुस्तकको सफलतालाई जोड्न नहुने बताए। उनले आफू पत्रकार भएको कारणले चर्चामा नआएको दाबी गर्दै उनले यसबाट क्षणिक सफलता मिलेपनी दीर्घकालीन सफलताको लागि पुस्तकको गुणस्तर र विषयवस्तु बलियो हुनुपर्ने दोहोर्‍याए ।
उनले जनप्रतिनिधिले अध्ययनको हरेक टोल टोलमा एक पुस्तकालय स्थापना गर्नुपर्ने बताउदै उनले यस्तो हुन नसके साहित्य पछि पर्दै जाने बताए।

कार्यक्रम संयोजक रामकृष्ण श्रेष्ठले "महाभारा"ले माओवादी द्वन्द्व तथा प्रेम सम्बन्धलाई देखाउन खोजेको बताउदै आगामी दिनमा पनि यस्ता पुस्तक लेख्ने मनोबल बनाईराख्न आग्रह गरेका थिए।
राजनीतिज्ञ एव राजनीतिक विश्लेषक मनिकर कार्की,प्राध्यापक ऋषिराम भुषाल,गिरि श्रीस मगर लगायतले बोल्दै साहित्यको माध्यमबाट धेरै कुराहरु बाहिर ल्याउन सकिने भन्दै "महाभारा" पुस्तकको समीक्षा गरेका थिए। कार्यक्रममा साहित्यसंग रुचि राख्ने विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागीता रहेको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।