ताजा अपडेट »

तिलोत्तममा कर्पोटरेट फुटसल हुँदै

शुक्रबार, १८ माघ २०७५, १२ : १८
4 Shares

ग्लोबल आवाज
माघ १८,

बुटवल । रोटरी क्लब अफ रुपन्देही र रोट्रयाक्ट क्लब अफ रुपन्देहीको संयुक्त आयोजना तथा युनिक फुटसलको प्राविधिक सहयोगमा चौथो एमजी कप कर्पोरेट फुटसल प्रतियोगिता–२०७५ शनिबार हुने भएको छ । यस क्षेत्रमा रहेका वित्तिय तथा व्यवसायिक संघसंस्था बीच खेलको माध्यमबाट भेटघाट, सदभाव र सम्बन्ध सुदृढ गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको रोटरी क्लब अफ रुपन्देहीका अध्यक्ष हरि प्रसाद न्यौपानेले बताए । तिलोत्तमा ५ मणिग्राम स्थित नयाँ एवम् आधुनिक यूनिक फुटसल मैदानमा हुने प्रतियोगितामा स्थानीय दश समूहको सहभागिता रहेको रोटरीका सदस्थ तथा प्रतियोगिताका संयोजक गौतम भुषालले जानकारी गराए ।

सधैं व्यापार,व्यवसायमा र पेशागत कार्यमा व्यस्त रहने व्यक्तिहरुका लागि शारिरिक,स्वास्थ्य,मनोरञ्जनसँगै आपसमा सदभाव बढाउनका लागि फुटसल प्रतियोगिता राम्रो माध्यम भएको रोट्रयाक्ट क्लब अफ रुपन्देहीका अध्यक्ष सुरेश भण्डारीले बताए ।

यूरोपियन ब्राण्ड एम जी कार मुख्य प्रायोजक र पाठक सिमेण्ट सह–प्रायोजक रहेको प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय हुने समूह र खेलाडीलाई नगद पुरस्कार सहित प्रमाणपत्र, मेडल प्रदान गरिने रोट्रयाक्ट क्लब अफ रुपन्देहीका सदस्य तथा प्रतियोगिताका अर्का संयोजक राजेश खरेलले जानकारी गराए ।

प्रतियोगितामा तिलोत्तमा नगरपालिका, तिलोत्तमा उद्योग वाणिज्य संघ र तिलोत्तमा व्यापार संघको विशेष सहयोग रहेको छ। साथै यस क्षेत्रमा फुटसलको माहौल बढ्दै गएको हुनाले यसको प्रवद्र्धनका लागि स्थाापना गरिएको यूनिक फुटसलको समुद्घाटन शनिबार नै हुनेछ

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।