ताजा अपडेट »

५१ हजार राशीको शाइन आर्थिक पत्रकारिता पुरस्कार भुसाललाई

बुधबार, ११ फागुन २०७८, १६ : ११
10 Shares

बुटवल । पत्रकार यमलाल भुसाल शाइन आर्थिक पत्रकारिता पुरस्कार –२०७८ बाट पुरस्कृत भएका छन्। आर्थिक क्षेत्रमा निरन्तर कलम चलाउँदै आएको भन्दै उनलाई बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभ्लपमेण्ट बैंकले सम्मान गर्दै उनलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो ।

बैंकको १४औं स्थापना दिवसको अवसरमा बुधबार बुटवलस्थित केन्द्रीय कार्यालयमा आयोजित एक समारोहका बीच भुसाललाई नगद ५१ हजार राशी र सम्मानपत्रद्वारा पुरस्कृत तथा सम्मान गरिएको हो ।

बैंकका अध्यक्ष थानेश्वर पौडेल,सिइओ प्रकाश पौडेल,लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थी, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल लगाएतले संयुक्त रुपमा पुरस्कार तथा सम्मान प्रदान गरेका हुन् ।

बैंकले पत्रकार महासंघ रुपन्देहीको समन्वयमा रु ५ लाखको कोषको स्थापना गर्दै आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गर्ने सुरुवात गरेको हो । उक्त पुरस्कार पाउने भुसाल पहिलो पत्रकार हुन् । आगामी हरेक वर्षमा उक्त पुरस्कार एक पत्रकारलाई प्रदान गरिने पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष पोख्रेलले बताए ।

आर्थिक पुरस्कारबाट पुरस्कृत भुसाल विगत २८ वर्षदेखि निरन्तर पत्रकारिता गर्दै आएका छन् । विभिन्न सञ्चार माध्यममा काम गर्दै आएका उनी हाल बुटवलबाट प्रसारित राज्य टेलिभिजनका समाचार प्रमुख हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।